काठमाडौं- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी बनाइ नेपालीलाई विदेश पठाउने अपराधमा संलग्न जो कोहीलाई पनि अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया खुल्ला रहेको बताउनुभएको छ ।
नेकपा (एमाले) निकट राष्ट्रिय युवा सङ्घ नेपालले बुझाएको ज्ञापनपत्र बुझ्दै उपप्रधानमन्त्री श्रेष्ठले उक्त प्रकरणले नेपालीलाई लज्जित बनाएको बताउनुभयो । उहाँले समृद्धिको पूर्वशर्तका रुपमा रहेको सुशासन कायमका सन्दर्भमा चुनौती खडा गरेकाले राजनीतिक दबाब र अवाञ्छित प्रभावबाट मुक्त भई अनुसन्धान गर्नन नेपाल प्रहरीलाई निर्देशन दिइएको स्पष्ट गर्नुभयो ।
नेपाल प्रहरीले सो प्रकरणमा पूर्वगृहमन्त्रीसहित ३० जनालाई बुधबार राज्यविरुद्धको अपराध, ठगी र कीर्ते लगायतका मुद्दा दायर गरिसकेको छ ।
“भ्रष्टाचार र कमिसनको जालोलाई नतोड्दासम्म समृद्धिको यात्राले तीव्रता पाउन सक्दैन । यस मामिलामा नेपाल सरकार र प्रहरीको संयन्त्र स्पष्ट छ । यही आधारमा स्वतन्त्र भई अनुसन्धान गरी कुनै पनि दोषी नउम्किउन् र निर्दोश नपरुन् भन्ने सिद्धान्तका साथ हामीले काम गरिरहेका छौँ”, उहाँले भन्नुभयो ।
कुनै पनि पार्टी वा नातागोताका आधारमा अपराधलाई संरक्षण नगरिने भन्दै उहाँले बाहिर चर्चामा आएका व्यक्तिका सम्बन्धमा तथ्य र प्रमाण पुगेका जुनसुकै बेला प्रहरीले अनुसन्धानको दायरामा ल्याउनसक्ने बताउनुभयो ।
ज्ञापनपत्र बुझाउँदै सङ्का कार्यबाहक अध्यक्ष अमित लामाले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शरणार्थी समस्याबारे कार्यदल गठन भएको तर कुनै अवाञ्छित क्रियाकलाप नभएको दाबी गर्दै अनुसन्धानलाई तोडमोड गर्ने र गराउने कार्य नगर्न आग्रह गर्नुभयो ।
सङ्घले अनुसन्धानका क्रममा भएका गोप्य बयान र प्रमाणलाई नियतबश बाहिर प्रयास भएकोमा ध्यानाकर्षण गराएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - काठमाडौं उपत्यकाको विभिन्न स्थान र मितिमा चोरी भएका २०ओटा दुई पाङग्रे सवारी साधन (मोटरसाईकल र स्कुटर) खोजतलास गरी काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मंगलबार...
काठमाडौँ - काठमाडौँको हाँडीगाउँका केही सडकहरुलाई एकतर्फी गरिएपछि आवागमनसँगै स्थानीय जनजीवनमा सहजता आएको छ । वडाध्यक्ष वीरेन्द्र प्रजापतीका अनुसार योजना कार्यान्वयनमा आएसँगै यसको प्रभाव विश्लेषण गर्न...
काठमाडौं - उडिसाको विश्वविद्यालय केआइआइटीमा अध्ययनरत् नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणपछि त्यहाँबाट ७५ जना विद्यार्थी फर्केका छन्। बुटवलकी २० वर्षीया लम्सालको आइतबार साँझ हत्या भएपछि केआइटिसीमा...
कास्की - कास्कीका ‘ट्यापे-मुन्द्रे’लाई लक्षित गरी प्रहरीले उनीहरूका मोटरसाइकल नियन्त्रणमा लिन थालेको छ। सहरमा आफ्नो रवाफ देखाउन ‘ट्यापे-मुन्द्रे’हरू मोटरसाइकलको स्वरुप परिवर्तन गर्छन् र चर्को आवाज दिँदै गल्ली,...
खाना छिटो पकाउन भान्सामा विभिन्न उपकरणहरू प्रयोग गरिन्छ। यसमा कुकर यस्तो उपकरण हो, जसको बिना भान्साको काम गर्न गाह्रो देखिन्छ। चाहे आलु उमाल्ने होस् वा...