काठमाडौं- वैशाखदेखि सातामै दुई चलचित्र प्रदर्शन भइरहेका छन् । कुनै साता खाली र कुनै सातामा प्रतिस्पर्धा बढ्ने नेपाली चलचित्रको पुरानै शैली जेठमा पनि देखिने सम्भावना छ । जेठको पहिलो दुई सातामा चार चलचित्र प्रदर्शन हुँदैछ ।
जेठ ५ गते ‘डाकिनी’ र ‘ए साथी सुन’ प्रदर्शन हुँदैछ भने जेठ १२ गते ‘टुल्की’ र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ प्रदर्शन गरिने घोषणा गरिएको छ भने २६ गते ‘नीरफुल’ प्रदर्शन गरिने घोषणा गरिएको छ ।
निर्देशक रामराघव आचार्यले आफूहरूले प्रदर्शनको मिति घोषणा गर्दा अन्य कुनै चलचित्र नरहेको जानकारी दिनुभयो । “हामी खाली मितिमा प्रदर्शन हुन् आएका हौँ । हाम्रो चलचित्र अन्य बनिरहेका भन्दा फरक छ”, उहाँले भन्नुभयो । प्रेमकथानक चलचित्रमा सुशील पोखरेल, स्व जयनन्द लामा, वर्षा शिवाकोटी, रमेश बानियाँ, आर्यन खड्का, विमला गिरी, रमेश अधिकारीलगायत कलाकारले अभिनय गर्नुभएको छ । इभान इन्टरटेनमेन्टको प्रस्तुतिमा वीना कार्की र सन्तोषकुमार राईले सो चलचित्र निर्माण गर्नुभएको हो ।
अङ्ग्रेजी नाम ‘लुकिङ फर अ लेडी विथ फ्याग्स एन्ड मुस्ट्याच’ नाम दिइएको चलचित्र ‘डाकिनी’ पनि सोही मितिमा प्रदर्शनका लागि तय भएको छ । बौद्ध ग्रन्थमा बज्रयोगिनी, ताराजस्ता देवी ९डाकिनी०का गतिविधि सुनिने दन्त्यकथामै आधारमा तयार गरिएको चलचित्रमा देवीको खोजीको कथा प्रस्तुत गरिएको छ । यस चलचित्रले बौद्ध ग्रन्थको यो सुन्दर आयामलाई बाहिर ल्याउँछ ।
बौद्धधर्मका गुरु खिन्से नोर्बु (जोङ्सार खिन्से रिम्पोछे) निर्देशक रहनुभएको उक्त चलचित्रमा साठी प्रतिशत तिब्बती र ४० प्रतिशत नेपाली भाषाको प्रयोग गरिएको चलचित्र छिरिङ तासी, तेन्जिङ कुन्सेल, कार्म, दिव्यदेव, रवीन्द्रसिंह बानियाँलगायतले अभिनय गर्नुभएको छ ।
नेपाल प्रदर्शनको तयारी गरिरहनुभएका निर्माता रवीन्द्र सिंह बानियाँले नेपालमा सिमित चलचित्रभवनमा मात्र प्रदर्शन गरिने जानकारी दिनुभयो । “गुरु आउनुभएको समय पारेर काठमाडौँमा मात्र प्रदर्शन गर्दैछौँ । हामीले व्यावसायिक प्रदर्शन गर्न लागेका होइनौँ । यसले अन्य चलचित्रलाई फरक पार्छ भन्ने लाग्दैन”, उहाँले भन्नुभयो ।
जेठ १२ मा प्रदर्शन हुने चलचित्र ‘हुक्काः एन एब्सर्ड ड्रिम’ सामाजिक विषयमा निर्माण भएको बताइएको छ । शम्भु थापाको निर्देशन रहेको उक्त चलचित्रमा प्रमिला खनाल, सन्तोषकुमार आत्रेय, प्रकाश घिमिरे, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
सोही मितिमा प्रदर्शन हुने भनिएको चलचित्र ‘टुल्की’ हिमाली क्षेत्रमा प्रचलित बहुपतिप्रथामा आधारित छ । देव थापाको निर्देशन रहेको उक्त चलचित्रमा शिशिर वाङ्देल, स्वस्तिमा कार्की, सोफिया लिम्बू, नरेन्द्र तामाङ, सोम लामा, शेखर लामा, सौजन सुब्बा, भक्तसिंह कठायत, रत्नप्रसाद न्यौपानेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
कोरोना महामारीका कारण तीन वर्षअघि प्रदर्शन स्थगित गरिएको चलचित्र ‘नीरफुल’को प्रदर्शन मिति जेठ २६ गतेलाई तय गरिएको छ । भूकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयत्नमा आधारित चलचित्रलाई फूलमान वलले निर्देशन गर्नुभएको हो ।
“नीरफुलले भत्किएका मन र सम्बन्धको पुनर्निमाणको कथा भन्छ”, निर्देशक वलले भन्नुभयो । रुबी भ्याली र काठमाडौँमा छायाङ्कन गरिएको चलचित्रमा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीको अभिनय रहेको छ ।
दुई सातामा चलचित्रको भीड देखिए तापनि अन्य साता भने खालीझैँ छन् । यसको कारण चलचित्र कम हुनु र विदेशी चलचित्रको प्रदर्शनका लागि सयम तोकिएकाले यस्तो भएको हुन सक्ने वितरक करण श्रेष्ठले जानकारी दिनुभयो ।
“ठूला विदेशी चलचित्रले गर्दा पनि जेठको तेस्रो र चौथो साता अन्य चलचित्रले प्रदर्शन घोषणा गरेका थिएनन् । अहिलेसम्म पनि अन्य चलचित्रबारे जानकारी छैन । बाँकी हप्ता खाली देखिनुमा निर्माण नै कम हुनु पनि हो”, वितरक श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार जेठ २६ पछि असार १५ मा ‘परस्त्री’ प्रदर्शन हुने घोषणा भएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सिड्नी - पृथ्वीको दक्षिणी गोलार्धमा रहेको सहर सिड्नीमा नेपथ्यले अहिलेसम्मकै भव्य कन्सर्ट प्रस्तुत गरेको छ। साढे पाँच हजार दर्शकले भरिभराउ ‘होर्डन पभिलियन’ मा नेपथ्यले शनिबार साँझ प्रस्तुति दिएको हो। कन्सर्टका...
काठमाडौं - चलचित्र ‘कोशेढुंगा’को शुभमुहूर्त गरिएको छ । चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’ फेम्ड निर्देशक सरोज पौडेलले निर्देशन गर्ने चलचित्रको महाशिवरात्रिकाे अवसर पारेर बुधबार शुभमुहूर्त गरिएको हो...
चलचित्र ‘लाज शरणम्’को गीतले नयाँ रेकर्ड बनाएको छ। युट्युबमा यो गीतले रेकर्ड बनाएको हो। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले गाएको गीत रिलिज भएको केही घण्टामै...
निर्देशक तुलसी घिमिरेले फिल्म ‘पहाड’ को मुहुर्त गर्दै छायाङ्कन सुरू गरेका छन् । आज गोरखा दरबारमा पुजा गरेपछि छायाङ्कन सुरू गरिएको फिल्ममार्फत झन्डै आठ वर्षपछि निर्देशक...
नेपालगन्जमा जारी प्रादेशिक महोत्सव २०८१ को चौथो दिन आइतबार नायक पल शाहको क्रेजमा दर्शकको ओइरो लागेको छ । कालो पहिरनमा कालो चस्मा लगाएर टिमसहित स्टेजमा उक्लेका...