काठमाडौं- जिम्बावेमा आगामी जुन १८ देखि जुलाई ९ तारिखसम्म आयोजना हुने आईसीसी एकदिवसीय विश्वकप छनोट क्रिकेटमा सहभागी हुने १० टोलीको टुङ्गो लागेको छ ।
आयरल्यान्डले सोझै विश्वकप खेल्ने अवसर गुमाएसँगै छनोट खेल्ने सबै टोलीको टुङ्गो लागेको हो । आयरल्यान्डले विश्वकप सुपरलिगको शीर्ष आठमा रहँदै सोझै छनोट खेल्ने मौका गुमाएको हो ।
आयरल्यान्ड र बंगलादेशबीच सुपर लिगको अन्तिम सिरिजको पहिलो खेल वर्षाका कारण रद्द भएर अंक बाँडे पछि आयरल्यान्डले छनोट खेल खेल्नु पर्ने भएको हो ।
अब छनोटमा वेस्ट इन्डिज, श्रीलंका, जिम्बावे, आयरल्यान्ड, नेदरल्यान्ड्स, स्कटल्यान्ड, ओमान, नेपाल, अमेरिका र संयुक्त अरब इमिरेट् (युएई) बीच प्रतिस्पर्धा हुनेछ । नेपालले आईसीसी विश्वकप लिग(२ मा तेस्रो बन्दै छनोट खेलमा स्थान बनाएको हो ।
स्कटल्यान्ड लिग-२ को पहिलो र ओमान दोस्रो बन्दै छनोटमा पुगेको हो । छनोट खेलमा सहभागी हुने १० टोलीलाई दुई समूहमा विभाजन गरिनेछ । समूहबाट शीर्ष तीन तीन टोलीले सुपर सिक्समा स्थान बनाउनेछन् ।
सुपर सिक्समा एक अर्कासँग खेलेपछि शीर्ष दुईमा रहने टोली आगामी अक्टोबर नोभेम्बरमा भारतमा हुने एकदिवसीय विश्वकपमा छनोट हुनेछन् । भारतमा हुने विश्वकपमा कूल १० टोलीको सहभागिता रहनेछ ।
विश्वकपमा आयोजक भारत, पाकिस्तान, अस्ट्रेलिया, न्युजिल्यान्ड, बंगलादेश, इङ्ल्यान्ड, अफगानिस्तान र दक्षिण अफ्रिकाले स्थान बनाएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ- भारतसितको पराजयसँगै नेपाल एसिया कप क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । भारतले नेपाललाई १० विकेटले पराजित गरेको हो । श्रीलंकाको पालेकेले क्रिकेट रंगशालामा टस हारेपछि नेपाल...
काठमाडौं- ओपनर आसिफ शेखको अर्धशतकप्रेरित नेपालले एसिया कप–२०२३ मा भारतविरुद्ध २३१ रनको लक्ष्य प्रस्तुत गरेको छ। व्यक्तिगत एक रनमा खेलिरहँदा क्याच हुनबाट बचेका आसिफले अर्धशतक बनाएपछि...
काठमाडौं-एसिया कपअन्तर्गत नेपाल र भारतबीच भइरहेको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वर्षाले रोकिएको छ । वर्षाले खेल रोकिँदा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ३७।५ ओभरमा ६...
काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा निर्वाचित हुनुभएको छ । आज भएको निर्वाचनमा उमेश पियालाई पराजित पार्दै पारस अध्यक्ष...
काठमाडौं- एसिया कप क्रिकेटको उद्घाटन खेलमा नेपाल पाकिस्तानसँग २३८ रनको फराकिलो अन्तरले पराजित भएको छ । घरेलु टोली पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपालले २३।४...