काठमाडौं- लागूऔषध कोकिनसहित दुई जना भारतीय महिलालाई पक्राउ गरी सार्वजनिक गरिएको छ।
बिहीबार नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लागेको लागूऔषध कोकिनसहित २ जना भारतीय महिलालाई पक्राउ गरेर सार्वजनिक गरेको हो। अवैध कोकिनको बजार मूल्य १७ करोड ३ लाख ५१ हजार दुई सय रहेको छ।
एक जनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्का एक जनालाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागूऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले जानकारी दिनुभयो।
उहाँका अनुसार पक्राउ परेका दुई भारतीय नागरिकलाई लागूऔषध (नियन्त्रण) ऐन, २०३३ बमोजिम काठमाडौं जिल्ला अदालतबाट लागूऔषध मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ।
उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते अनुमानित ११ बजेर १५ मिनेटमा इण्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौंबाट भारतको नयाँ दिल्ली जान लागेको मेजोरम ठेगाना भएकी वर्ष ४५ की भल्लालामीले साथमा बोकेको लगेज शंका लागेर खोल्दा चार वटा लेडिज ब्यागमा फ्लसबटम बनाएर भारतको नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा लागूऔषध केकिन २.८८७ के.जी. बरामद गरेको बताउनुभयो।
त्यस्तै विशेष सूचनाको आधारमा चैत्र १४ गते अनुमानित ५ः१५ बजेको समयमा काठमाडौं २६ ठमेलस्थित होटलबाट सोही ठेगाना भएकी वर्ष २९ की इस्टर लालिम्पुरीको साथमा रहेको रहेको सुटकेस भित्र फ्ल्सबटम बनाइ लुकाइछिपाइ राखिएको अवस्थामा लागूऔषध कोकिन ५ किलोग्रामसहित पक्राउ गरिएको बताउनुभयो।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - अछामका दुई किशोरीको शंकास्पद मृत्यु घटनामा दुई जना किशोर पक्राउ परेका छन्।आइतबार प्रहरीले ढकारी गाउँपालिकाका दुई किशोरलाई अनुसन्धानको सिलसिलामा पक्राउ गरेको हो। अछामका प्रहरी नायब उपरीक्षक...
काठमाडौं - नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ। महरालाई कपिलवस्तुबाट पक्राउ गरि विमानबाट काठमाडौं ल्याएर केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)को लाजिम्पाटस्थित कार्यालयमा पुर्याइएको छ...
काठमाडौं - काठमाडौंको थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूति रोग अस्पतालबाट बच्चा चोरेर एक महिला फरार भएको प्रहरीले जनाएको छ । शुक्रबार दिउँसो काभ्रे घर भई काठमाडौं...
तुलसीपुर - दाङमा गोली हानेर महिला प्रहरीको हत्या गरिएको छ। घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो। वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत...
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको रकम हिनामिना गरेको अभियोगमा मधेश प्रदेशका तत्कालीन आर्थिक मामिलामन्त्रीसहित ७ जनाविरुद्ध आइतबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा...