काठमाडौं- प्रतिनिधि र प्रदेशसभा निर्वाचन २०७९ का बेला पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरी आफूमात्रै जित्न लाग्नुभएन बरू आफ्नो जिल्ला र वरिपरि (साविक राप्तीका पाँच जिल्ला)मा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन उत्तिकै सक्रिय भूमिका खेल्नुभयो ।
त्यत्तिमात्रै नभएर चुनावकै बेला उहाँ सिङ्गो लुम्बिनी प्रदेशका अरू पनि जिल्लाहरूमा पुगेर पार्टी र गठबन्धनका उम्मेदवारहरूको हौसला बढाउनु भएको थियो । धेरै ठाउँमा गठबन्धनकै उम्मेदवारले पनि जिते। जिल्लामै पनि एमालेका ‘शक्तिशाली’ भनिएका नेताहरूलाई हराउँदै तत्कालीन गठबन्धनका उम्मेदवारहरूले चुनाव जिते।
अहिले मन्त्रिपरिषद पुनर्गठनको तयारी चलिरहँदा गिरी फेरि मन्त्री बन्ने रेसमा हुनुहुन्छ। तर नेपाली कांग्रेस आफैले मन्त्री बन्नेहरूको नाम टुङ्ग्याइसकेको छैन। तर गिरीले भने आफ्नो चाहना भए पनि पार्टीको निर्णयलाई भने स्विकार गर्ने बताएउनु भएको छ।
‘मन्त्रीका लागि आकांक्षीमात्रै होइन बलियो दाबेदार पनि हुँ’ गिरी भन्नुहुन्छ ‘तर परिस्थिति सबै पार्टीको हातमा छैन। सबै मिलेर सबैलाई मिलाएर सरकार चलाउनुपर्ने अवस्था छ। यस्तो पार्टीको निर्णय त स्विकार गर्नैपर्छ नि !’
तर पार्टीले न्यायसंगत निर्णय गर्ने अपेक्षा गिरीको छ। उहाँले पार्टीले सरकारमा पठाउने मन्त्रीहरूमध्ये अनुभवीलाई प्रथामिकतामा राख्ने पनि बताउनु भयो । ‘यस्तो परिस्थितिमा पनि सरकारमा गएर केही गरेर देखाउने खालको मान्छेलाई लैजानुपर्छ। त्यसका लागि अनुभवी सांसदहरू चाहिन्छ भन्ने हो। पदाधिकारीहरूले त पार्टी र संगठनलाई चलायमान बनाउने पो हो !’
पार्टीको दुवै समूहबाट गिरी सरकारमा जाने चर्चा छ। यद्यपि मन्त्रालयको भागबण्डाअनुसार पार्टीको आन्तरिक बाँडफाट पनि भइसकेको छैन। कोइराला समूह आफै पनि संस्थापन पक्षकै अनुपातमा आफ्नो समूहको प्रतिनिधत्व हुनुपर्ने अडानमा छ।
चार दशकभन्दा लामो सक्रिय जीवन पार्टीमा बिताइसक्नुभएका गिरी २०३० सालमा तुलसीपुरस्थित महेन्द्र माविबाट गिरफ्तारीमा पर्नुभएको थियो । त्यो बेला उहाँ १३ वर्षका हुनुहुन्थ्यो । स्थानीय प्रशासनले उहाँलाई थुनामा राखेको थियो। त्यसपछि पनि २०३१ सालमा र २०३७ मा थुनिनु भएको थियो ।
६२ वर्षअघि पश्चिम दाङको सुकदेवामा जन्मिनु भएका गिरी स्कुले जीवनमै व्यवस्था परिवर्तनको आन्दोलनमा होमिनुभयो र नेपाल विद्यार्थी संघमा हुँदै पार्टीको केन्द्रीय राजनीतिमा जर्वजस्त स्थान बनाउन सफल हुनुभयो । २०३४ सालमा भारतको गोरखपुरमा नेपाली कांग्रेसको सक्रिय सदस्यता लिएपछि पार्टी राजनीतिमा उहाँको रफ्तार तेज भयो।
२०५१ सालदेखि पटक पटक प्रत्यक्ष चुनाव लडेका दीपक गिरीले २०७० सालमा भएको दोस्रो संविधानसभामा पहिलोचोटी चुनाव जित्नुभयो । त्यसलगत्तै उहाँ सिचाईं मन्त्री पनि हुनुभयो । त्यसअघि उहाँले पटक पटक पार्टीको केन्द्रीय सदस्य भएर सांगठिनक सक्रियता निकै बढाउनुभयो ।
२०६४ सालको निर्वाचनमा चुनाव लडेर उहाँ झिनो मतले मात्रै पराजित हुनुभयो । तर २०७० सालको चुनावमा पनि उहाँ एक्लैले मात्रै जित्नुभएन बरू जिल्लाका पाँचै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार जिताउन सक्रिय हुनुभयो । त्यो चुनावमा दाङका सबै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले जिते ।
वि.सं २०३४ सालमा दाङ जिल्लाको क्षेत्रीय सभापति, २०३६ सालमा नेविसंघको केन्द्रीय सदस्य, २०३६ सालमै नेविसंघको राष्ट्रिय अधिवेशनको तैयारी समितिको संयोजक, २०४२ सालमा सत्याग्रह आन्दोलनको केन्द्रीय एक्सन कमिटीको सदस्य, २०४३ सालमा त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको महासचिव र २०४६ सालको जनआन्दोलनमा सक्रिय भएर नेतृत्वदायी भूमिका निर्वाह गरेको ऐतिहासिक पृष्ठभूमि काँग्रेस नेता गिरीसँग छ।
२०४६ सालदेखि निरन्तर पार्टीको महाधिवेशन प्रतिनिधि एवं महासमिति सदस्य हुँदै पार्टीको केन्द्रिय सदस्यको महत्वपूर्ण जिम्मेवारी बहन गर्नुभएको छ । पदमा रहँदा होस् वा नुहँदा पनि विकासको अभियानमा गिरी सधैं सक्रिय हुनुभयो। तुलसीपुरको राप्ती बबई क्याम्पस स्थापनाको अग्र भूमिकामा रहेका गिरी ९ महिना मन्त्री हुँदा पनि विकासका कामहरूलाई उत्तिकै गति दिनुभयो ।
सिंचाई मन्त्री हुँदा दाङमा उहाँले बृहत दाङ उपत्यका सिंचाई आयोजना सुरु गर्नु भएको थियो । सडक, यातायात, विद्युत, पुल निर्माण लगायतका क्षेत्रमा निकै काम गर्नुभएको छ ।
‘म राजनीतिमा चतुर हुन जानिनँ’ उहाँ भन्नुहुन्छ ‘मैले पार्टीभित्र खेल खेल्न जानेको भए यति पछि पर्ने थिइनँ। मसँगै राजनीति सुरु गरेका साथीहरू धेरै पटक शक्तिशाली मन्त्रालयसम्म पुगिसकेका छन्। म त भुँइको भुँइमै।’
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
नेपालगञ्ज - बाँके क्षेत्र नम्बर ३(१) बाट निर्वाचित प्रदेशसभा सदस्य रत्न खत्री र आम जनताबीच प्रत्यक्ष अन्तरक्रिया हुने गरि एमालेले जनतासँग प्रदेशसभा सदस्य कार्यक्रम सुरुवात गरेको...
नेपालगञ्ज - नेपालगञ्ज उपमहानगरपालिकाका २३ वटै वडा डिजिटलाइज भएका छन् । वडाहरुबाट हुने सार्वजनिक सेवालाई छिटोछरितो र सेवाग्राहीमैत्री बनाउन डिजिटलाइजेशन गरिएको उपमहानगरले जनाएको छ । सार्वजनिक सेवाहरुको...
काठमाडौं - काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ । यस विषयमा औपचारिक जानकारी दिदै मेयर बालेन शाहले लेखेका छन् - भेटौँला, महानगरवासीको दुःख मेटौँला...
काठमाडौं - काठमाडौं महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन)ले फेरि फायर खोलेका छन् । विवादास्पद अभिव्यक्तिबाट चर्चामा आइरहने बालेनले केहि साताको मौनता पछि आज सामाजिक सञ्जाल मार्फत् नेताहरुले...
काठमाडौं - संयुक्त राष्ट्रसङ्घ (यूएन)का महासचिव एन्टोनियो गुटरेसको चारदिने औपचारिक नेपाल भ्रमण आजदेखि सुरु भएको छ । गुटेरस सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भए यता पहिलोपटक...