• बिहीबार, १६ चैत, २०७९
  • २०:३८:३४
  • नेपालीको अभिमत

राजनीति

राष्ट्रिय एकतालाई मजबुत बनाउने पहल गर्छुः उपराष्ट्रपति यादव

नेपालमत

शुक्रबार, ३ चैत, २०७९

काठमाडौं- नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले राष्ट्रिय एकतालाई मजबुत र प्रवद्र्धन गर्न आफू लाग्ने बताउनुभएको छ।

शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित भइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। 

उहाँले मुलुकलाई समृद्धितर्फ लैजाने काममा आफू लाग्ने बताउनुभयो।उहाँले शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी रहेको भन्दै त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि आफ्नो तर्फबाट प्रयास हुने बतउनुभयो।

उहाँले भन्नुभयो, ‘‘राष्ट्रिय एकतालाई मजबुत गर्न, प्रवर्द्धन गर्नमा मेरो इमान्दारिताकासाथ भूमिका रहनेछ। मुलुक समृद्ध रुपमा अघि बढोस्।

शान्ति प्रक्रियाका काम निष्कर्षमा पुर्‍याउन बाँकी छ, त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि पनि मेरो तर्फबाट प्रयास हुनेछ।हाम्रो क्षेत्रका जनताकै मतका कारण यहाँसम्म आइपुगेको हो। उहाँसहित देशका सबै जनतालाई हार्दिक धन्यावाद र आभार व्यक्त गर्छु ।’’ 

नवनिर्वाचित उपराष्ट्रपति यादवले आफूलाई उपराष्ट्रपतिमा जिताउने भूमिका खेल्ने जनता र सांसदप्रति धन्यवाद प्रकट गर्नुभयो।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा

    काठमाडौं- स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ। बिहीबार दिउँसो १० वर्षदेखि नेपाली कांग्रेसको आर्थिक नीति, योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय...

  • नेपालमत

    तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ

    काठमाडौं- नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ र चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ। बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको...

  • नेपालमत

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    काठमाडौं- मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच...

  • नेपालमत

    गठबन्धनले टुंग्यायो मन्त्रालय, कसको भागमा कति ?

    काठमाडौं- सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ।  सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बालुवाटार बैठकले मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा सैद्धान्तिक सहमति गरेको जनता...

  • नेपालमत

    यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै  टिक्ने बताउनुभएको छ । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले  यस्तो बताउनुभएको हो...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved