• बिहीबार, १६ चैत, २०७९
  • २१:०८:५८
  • नेपालीको अभिमत

राजनीति

दश दलको बैठक- उपराष्ट्रपतिको निर्वाचनबारे छलफल गर्न बिहीबार पुनः बस्ने

नेपालमत

बुधबार, १ चैत, २०७९

काठमाडौं- नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टीलगायत दश दलको बैठकमा उपराष्ट्रपतिको निर्वाचनमा समझदारी गर्ने विषयमा छलफल भएको छ । 
    
प्रधानमन्त्री निवास बालुवाटारमा आज साँझ बसेको बैठकबारे जानकारी दिँदै नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले भन्नुभयो, “विशेषतः उपराष्ट्रपतिको निर्वाचनका निम्ति दश दलबीच समझदारी कायम गर्नेबारे छलफल भएको थियो, छलफल सकारात्मक भएको छ, पुनः बिहीबार बसेर टुङ्गोमा पुग्नेछौँ ।” 
    
उपराष्ट्रपतिका लागि दश दलभित्रबाट तीन जना उम्मेदवार हुनुहुन्छ । जनता समाजवादी पार्टी (जसपा)लाई उपराष्ट्रपति दिने भनिए पनि जनमत पार्टीले नेत्री ममता झाको मनोनयन दर्ता गराएको छ । जसपाले नेता रामसहायप्रसाद यादव र नेत्री प्रमिला कुमारीको मनोनयन दर्ता गराएको छ । नेकपा (एमाले)को तर्फबाट भने नेत्री अष्टलक्ष्मी शाक्य उम्मेदवार हुनुहुन्छ । 
    
बैठकमा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर, नेपाल समाजवादीका अध्यक्ष डा बाबुराम भट्टराई, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीका अध्यक्ष सीके राउत र आमजनता पार्टीका अध्यक्ष प्रभु शाहलगायत सहभागी हुुनुहुन्थ्यो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    कांग्रेसबाट अलग भएको स्वर्णिम वाग्लेको घोषणा

    काठमाडौं- स्वर्णिम वाग्लेले नेपाली कांग्रेसबाट अलग भएको घोषणा गर्नुभएको छ। बिहीबार दिउँसो १० वर्षदेखि नेपाली कांग्रेसको आर्थिक नीति, योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवम् अन्तर्राष्ट्रिय...

  • नेपालमत

    तनहुँ-१ मा गोविन्द भट्टराई र चितवन-२ मा जितनारायण श्रेष्ठ

    काठमाडौं- नेपाली कांग्रेसले तनहुँ निर्वाचन क्षेत्र नम्बर–१ र चितवन निर्वाचन क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार चयन गरेको छ। बिहीबार केन्द्रीय कार्यालय सानेपामा बसेको...

  • नेपालमत

    आज साँझसम्म मन्त्रिपरिषद् विस्तार हुने

    काठमाडौं- मन्त्रिपरिषद् विस्तारलगायत विषयमा सत्ता साझेदार दलहरुबीच आज बिहान छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा आज साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा शीर्ष नेताहरुबीच...

  • नेपालमत

    गठबन्धनले टुंग्यायो मन्त्रालय, कसको भागमा कति ?

    काठमाडौं- सत्ता गठबन्धन दलको बैठकमा मन्त्रिपरिषद् विस्तारको विषयमा सैद्धान्तिक सहमति जुटेको छ।  सत्ता गठबन्धनको बुधबार दिउँसो बसेको बालुवाटार बैठकले मन्त्रिपरिषद् विस्तारको सन्दर्भमा सैद्धान्तिक सहमति गरेको जनता...

  • नेपालमत

    यो सरकार ५ वर्षसम्मै टिक्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार पाँच वर्षसम्मै  टिक्ने बताउनुभएको छ । बुधवार न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले  यस्तो बताउनुभएको हो...

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved