न्युजिल्याण्डमा चक्रवात गेब्रियलमा परी ११ जनाको मृत्यु भएको छ भने तीन हजार दुई सयभन्दा बढी बेपत्ता भएका छन् । प्रधानमन्त्री क्रिस हिपकिन्सले ज्यान गुमाउनेको सङ्ख्या बढ्नसक्ने बताउनुभएको छ । साथै उहाँले पुननिर्माणका निम्ति करिब १३ अर्ब न्युजिल्याण्ड डलर आवश्यक पर्ने बताउनुभएको छ ।
स्थानीय सञ्चार माध्यमका अनुसार आइतबार साँझसम्म तीन हजार दुई सय १५ जना सम्पर्कविहीन भएका थिए भने २० हजारभन्दा बढी घर र व्यवसाय विद्युत्विहीन बनेका थिए । धेरै स्थानमा सम्पर्क विच्छेद भएकाले वेपत्ता भएकाको सङ्ख्या अझ बढी हुने अनुमान प्रहरीले गरेको छ । हक्स वे र ताइराविटी क्षेत्रका धेरै मानिस हराएका छन् ।
प्राकृतिक विपत्तिबाट करिब दश हजार सर्वसाधारण विस्थापित भएका छन् । सन् २०११ को फेब्रुवरीमा क्राइस्टचर्च भूकम्पपछि न्युजिल्याण्डमा अति धेरै सर्वसाधारण विस्थापित भएका हुन् । प्रधानमन्त्री हिपकिन्सले चक्रवात गेब्रियल यो शताब्दीको सबैभन्दा भीषण प्राकृतिक विपत्ति परेको र त्यसले देशमा अकल्पनीय क्षति भएको बताउनुभएको छ ।
गत सोमबारदेखि न्युजिल्याण्डमा आपत्कालीन स्थिति घोषणा गरिएको छ । देशको इतिहासमा यो तेस्रो आत्पकाल हो । प्रतिकूल परिस्थितिका कारण हवाई सेवाका साथै विद्यालय पनि बन्द छन् । देशको सबैभन्दा ठूलो शहर अकल्याण्डमा तीन साताअघि मुसलधारे वर्षा हुँदा चार जनाले ज्यान गुमाएका थिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - विश्वभरका हिमनदी पग्लिएपछि ज्वालामुखी विस्फोटको डर बढ्दै गएको छ । यस सम्बन्धमा वैज्ञानिकहरुको अनुसन्धानले धेरै चकित पार्ने खुलासा गरेका छन्। ग्लेशियरहरू र ज्वालामुखी गतिविधिहरू बीचको...
काठमाडौं - रसुवागढी क्षेत्रमा सोमबार बिहान आएको भीषण बाढीले चीन–नेपाल सीमावर्ती क्षेत्रलाई अकल्पनीय क्षति पुर्याएको छ। गोसाइँकुण्ड गाउँपालिका २ स्थित लिङ्दे खोलामा चीनतर्फबाट आएको बाढीका कारण नेपाल–चीनको...
काठमाडौं - विज्ञानमा हरेक दिन नयाँ नयाँ खुलासा भइरहेका छन्, भर्खरै यस्तो खुलासा भएको छ कि जुन थाहा पाउँदा तपाई पनि छक्क पर्नु हुनेछ । एक...
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...