• बिहीबार, १३ बैशाख, २०८१
  • ०३:०२:३५
  • नेपालीको अभिमत

समय

भूकम्पमा परि ज्यान गुमाउनेको संख्या १२ हजार पुग्यो

एजेन्सी

बिहीबार, २६ माघ, २०७९

टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्।

टर्की र उत्तरी सिरियामा गरी कम्तीमा १२ हजार मानिसले ज्यान गुमाएको पुष्टि भएको बिबिसी ले जनाएको छ।

आलोचकहरूले भूकम्प प्रभावित क्षेत्रमा आपत्कालीन सेवाहरूको प्रतिक्रिया निकै ढिला भएको र सरकारको तयारी कमजोर रहेको जनाएका छन्।

राष्ट्रपति एर्दोआनले सरकारले केही समस्याहरू सामना गरेको स्वीकार गरे, तर अहिले स्थिति 'नियन्त्रणमा' रहेको बताएका छन्।

छिमेकी मुलुक सिरियामा वर्षौँ लामो द्वन्द्वका कारण देशको पूर्वाधारहरू ध्वस्त भएका छन् जसले गर्दा त्यहाँ राहत पुर्‍याउने प्रयासहरू जटिल बनेका छन्।

टर्की र सिरियाबीचको अन्तर्राष्ट्रिय सिमाना बाब अल(हवा, भूकम्पपछि सडकहरू क्षतिग्रस्त भएका कारण बन्द गरिएको छ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved