काठमाडौं- कोरोना भाइरस सङ्क्रमण विरुद्धको अतिरिक्त मात्रा खोप (बुस्टर डोज) आगामी फागुन १ गते नेपाल ल्याइने भएको छ ।
सरकारलाई ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले फागुन १ र ४ गते खोप आउने निश्चित गरेको जानकारी दिएको छ । यसअघि गाभीले खोप पठाउने भने तापनि कुन मितिमा भन्ने यकिन भएको थिएन ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाको बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले तीनपटक गरी खोप आउने बताउनुभयो । उहाँका अनुसार पहिलो पटक फागुन १ गते र दोस्रो पटक फागुन ४ खोप आउनेछ भने तेस्रो पटकको मिति अझै तोकिएको छैन । उहाँले तीन पटकमा १५ लाख मात्रा खोप आउने बताउनुभयो ।
छिमेकी देश भारत र चीनमा कोरोना भाइरसको सङ्क्रमण फैलिँदै गएपछि सरकारले ‘गाभी’ ३० लाख मात्रा खोप माग गरेको हो । पहिलो चरणमा १५ लाख मात्रा खोप आउने उहाँले बताउनुभयो । गाभीले कोभ्याक्स सुविधामार्फत नेपाललाई बुस्टर डोजका लागि फाइजरको बाइभ्यालेन्ट खोप उपलब्ध गराउन थालेको हो ।
छिमेकी मुलुक भारत र चीनमा विएफ ७ नामक प्रजातिको नयाँ भेरियन्ट फैलिन थालेपछि मन्त्रालयले बुस्टर खोप लगाउन छुटेका सबैलाई खोप लगाउन आग्रह गरे पनि अहिले सङ्क्रमण घटेको छ । अहिले सङ्क्रमण पनि कम हुँदै गएको छ । मन्त्रालयका अनुसार मंगलबार देशभरिमा एकजना सङ्क्रमित र तीनजना सक्रिय सङ्क्रमित भेटिएका छन् ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन्...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहद्वारा आज काठमाडौँमा आयोजित...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप...
काठमाडौँ - सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ...
काठमाडौं - स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा...