• बिहीबार, २६ माघ, २०७९
  • ०८:५७:१०
  • नेपालीको अभिमत

कारोबार

सुनको भाउले तोड्यो रेकर्ड

नेपालमत

मंगलबार, १० माघ, २०७९

काठमाडौं- मंगलबार सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ। 

आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेर प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ पुगेसँगै सुनको भाउ हाल सम्मकै उच्च स्तरमा पुगेको हो ।  

तेजाबी सुन १ लाख ५ हजार ८०० रुपैयाँ कायम भएको छ।  

यस अघि गत वर्ष फागुन २५ गते १ लाख ५ हजार ५०० रुपैयाँमा कारोबार भएर रेकर्ड राखेको थियो । 

हिजो सोमबार पनि सुनको भाउ तोलामा २०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावल सुन १ लाख ५ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ४ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १ हजार ३६५ रुपैयाँ कायम भएको छ। हिजो तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ३८० रुपैयाँमा किनबेच भएको थियो। 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved