ताजा

  • शुक्रबार, २६ बैशाख, २०८२
  • १५:२४:५२
  • नेपालीको अभिमत

व्यक्ति-कथा

सभामुख घिमिरे : नेपाली लोकतान्त्रिक राजनीतिमा त्याग र सङ्घर्षका पर्याय

नेपालमत

शुक्रबार, ६ माघ, २०७९

काठमाडौं- प्रतिनिधिसभाको सभामुख पदमा आज निर्वाचित देवराज घिमिरे मुलुकमा लोकतान्त्रिक शासन प्रणाली स्थापनाका लागि कठोर सङ्घर्ष गर्नुभएको निष्ठावान् राजनीतिक योद्धा हुनुहुन्छ ।

गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ झापाको निर्वाचन क्षेत्र नं २ बाट निर्वाचित हुनुभएको हो । प्रतिनिधिसभाको आजको बैठकले उहाँलाई सभामुख पदमा निर्वाचित गरेको हो । विसं २०७८ मा चितवनमा सम्पन्न नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनबाट उहाँ पार्टीको स्थायी कमिटी सदस्य तथा प्रदेश नं १ इन्चार्ज चयन हुनुभएको थियो ।

झापा, अर्जुनधारा–६ निवासी घिमिरे विसं २०१३ जेठ १३ गते ताप्लेजुङ जिल्लाको सिरिजङघा गाउँपालिका–३ मा पदमप्रसाद र भीमकुमारी घिमिरेको माइलो सन्तानका रूपमा जन्मनुभएको हो । गाउँकै सिंहदेवी प्राथमिक विद्यालयबाट औपचारिक शिक्षा सुरु गर्नुभएका उहाँले ताप्लेजुङकै भानु पब्लिक हाइस्कुलबाट एसएलसी र सुनसरीको महेन्द्र बहुमुखी क्याम्पसबाट प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गर्नुभएको थियो ।

काठमाडौँको त्रिचन्द्र कलेजमा स्नातक तहको अध्ययन गरिरहेका बेला उहाँ तत्कालीन नेकपा क्रान्तिकारी कोअर्डिनेसन कमिटी (कोके)को आह्वानमा बुर्जुवा शिक्षा बहिष्कार गरी पूर्णकालीन राजनीतिमा होमिनुभएको थियो ।

विसं २०३१ मा नेपाली कम्युनिष्ट पार्टीको सम्पर्कमा रहेर उहाँ विसं २०३२ देखि झापा विद्रोहबाट जन्मिएको को–अर्डिनेसन कमिटीमा आबद्ध भई पार्टीको राजनीतिक काममा लाग्नुभएको थियो । उहाँले पञ्चायती शासन विरुद्धको सङ्घर्षका क्रममा पटकपटक जेल, हिरासत र निर्वासनको जीवन भोग्नुभएको थियो ।

विसं २०३३ मा बुर्जुवा शिक्षा बहिष्कार आन्दोलनलाई अघि बढाउँदै उहाँ भूमिगत राजनीतिकै क्रममा विसं २०३५ मा को–अर्डिनेसन कमिटी (कोके)को सदस्य बन्नुभयो । विसं २०३५ मा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता औपचारिक रूपमा प्राप्त गर्नुभएको हो ।

उहाँ ४४ वर्ष लामो राजनीतिक यात्रामा सरल, सङ्घर्षशील, इमान्दार र बेदाग राजनीतिज्ञको पहिचान बनाउन सफल हुनुहुन्छ । उहाँ शीर्ष तहकै राजनीतिज्ञ भएर पनि लामो समयसम्म लाभको पदको आशा नगरी पार्टीका लागि योगदान पु¥याएका त्यागी, अनुभवी र परिपक्व नेताको रूपमा परिचित हुनुहुन्छ ।

सभामुख घिमिरे विसं २०५६ मा राष्ट्रियसभा सदस्य चयन हुनुभएको थियो । विसं २०७९ को आमचुनावमा पहिलोपल्ट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्नुभएको हो । नेकपा एमालेका जननेता मदन भण्डारीका सहयात्री घिमिरे मदन भण्डारी फाउण्डेशनको संस्थापकमध्येका एक नेता र झापाको सुखानी सहिद स्मृति पार्कको संस्थापक अध्यक्षसमेत हुनुहुन्छ । 

उहाँ विसं २०३५ मा नेकपा मालेको तेह्रथुम र पाँचथर जिल्लाको सङ्गठन विभाग प्रमुख, विसं २०३९ मा इलाम जिल्लाको सेक्रेटरी, विसं २०४९ मा नेकपा माले र नेकपा माक्र्सवादीको एकीकरण पश्चात गठन भएको नेकपा (एमाले)को पाँचौँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य चयन हुनुभएको थियो ।

घिमिरे विसं २०५० मा नेकपा (एमाले)को मेची अञ्चल इन्चार्ज, विसं २०५८ मा केन्द्रीय स्वास्थ्य विभागको इन्चार्ज, विसं २०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरणपछि गठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रदेश नम्बर १ को अध्यक्ष हुनुभएको थियो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपाल प्रहरीका ६ महिने नयाँ आइजिपी दीपक थापा

    काठमाडौं - नेपाल प्रहरीको महानिरीक्षक (आइजिपी) पदमा दीपक थापा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) रहेका थापालाई आइजिपी नियुक्त गरेको हो।  यसअघिका प्रहरी महानिरीक्षक...

  • नेपालमत

    विश्वमा चर्चित १० नेपाली भाषी व्यक्तिहरू

    काठमाडौं - नेपाली भाषा र संस्कृतिको समृद्धि र नेपाली भाषी समुदायको गौरव विश्वभर फैलिएको छ। राजनीति, चिकित्सा, विज्ञान, खेलकुद, चलचित्र, आयुर्वेद, सैनिकता, पर्वतारोहण तथा साहित्यका क्षेत्रमा...

  • गरे स्वदेशमै के हुन्न ? कृष्णभक्त दुवालले ९ वर्षमा खोले पाँच उद्योग

    भक्तपुर - स्वदेशमा केही पनि हुन्न, केही गर्न सकिन्न भन्ने निराश युवाहरूको लागि एक जना उदाहरणीय व्यक्तित्व हुन्, भक्तपुरका युवा इन्जिनियर कृष्णभक्त दुवाल। भक्तपुर नगरपालिका वडा नम्बर १० महालक्ष्मीस्थान निवासी इन्जिनियर दुवालले पछिल्लो नौ वर्षको छोटो अवधिमा पाँच वटा ठूला उद्योगहरू सञ्चालन गर्न सफल भएका छन्। ती उद्योगहरूमा उनले सयौं नवयुवाहरूलाई रोजगारी उपलब्ध गराइरहेका छन्।  ‘केही काम गर्नका लागि सवैभन्दा पहिलो प्यासन (लगाव)...

  • नेपालमत

    बङ्गुरले फेरेको रिताको जीवन

    गोरखाको सहिद लखन गाउँपालिकाका महिला सीपमूलक तालिम लिएर आयआर्जनमा जोडिन थालेका छन्। विभिन्न सङ्घसंस्था तथा स्थानीय पालिका र वडामार्फत प्रदान गरिँदै आएको सीपमूलक तालिम लिएर...

  • नेपालमत

    पाँच 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक, को ? किन भए उत्कृष्ट ? (विस्तृत विवरण सहित)

    काठमाडौं - एकाउन्टविलिटी ल्याब नेपालले पाँच जना 'इन्टेग्रिटी आइकन'को नाम सार्वजनिक गरेको छ । विगत दश वर्षदेखि उत्कृष्ट सेवादिने कर्मचारीलाई खोजेर ल्याबले इन्टेग्रिटी आइकन मार्फत् सम्मानित गर्दै...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved