• बिहीबार, २६ माघ, २०७९
  • ०९:२८:३०
  • नेपालीको अभिमत

राजनीति

एमालेले उम्मेदवार उठाउँछ, राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ : केपी ओली

नेपालमत

बिहीबार, ५ माघ, २०७९

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीका तर्फबाट अगाडि सारिने राष्ट्रपतिको उम्मेदवारमा नै राष्ट्रिय सहमति कायम हुने विश्वास व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग उहाँले एमालेले राष्ट्रपतिको उम्मेदवार तय गर्ने सहमति सत्ता साझेदार दलभित्र भएको दाबी गर्नुभयो ।

“राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्छ । एमालेले उम्मेदवार उठाउँछ । सत्ता साझेदार दलभित्रको सहमति त्यही हो । एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्छ”, अध्यक्ष ओलीले भन्नुभयो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved