कम्बोडियामा सन् २०२२ मा चट्याङले ६३ जनाको ज्यान लिएको थियो । सन् २०२१ मा ८३ जनाको मृत्यु भएको थियो ।
सन् २०२१ को तुलनामा सन् २०२२ मा चट्याङ लागेर ज्यान गुमाउनेको सङ्ख्या २४ प्रतिशतले कम भएको प्रकोप नियन्त्रणका प्रवक्ताले बिहीबार बताउनु भएको छ ।
मृत्यु बाहेक, चट्याङले गत वर्ष अन्य ५८ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन समिति (एनसीडिएम)का प्रवक्ता सोथ किम कोल्मोनीले बताउनु भएको छ । उहाँ चट्याङ लाग्नबाट जोगाउने जनचेतनामा कमी आएको जानकारी दिनु भएको छ ।
‘चट्याङको खतराबाट बच्न, विशेष गरी ग्रामीण क्षेत्रमा बसोबास गर्ने मानिसहरूले हावाहुरी वा वर्षा हुँदा घर वा आश्रयमा बस्नुपर्छ,’ उहाँले सिन्ह्वालाई भन्नु भएको छ ।
एनसीडीएमले उच्च जोखिममा रहेका प्रान्तहरुको वास्तविक आवश्यकताहरुको समीक्षा र मूल्याङ्कन गर्न भ्रमण गर्ने र ती प्रान्तहरूमा बिजुली संरक्षण उपकरणहरू स्थापना गर्नुअघि स्वीकृतिको लागि नेताहरूलाई जानकारी गराउने उहाँँले बताउनु भएको छ । प्रवक्ताका अनुसार मेदेखि अक्टोबरसम्म वर्षायाममा चट्याङ लाग्ने गरेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले विनाशकारी प्रकोपमा सरकारको प्रतिक्रियाको बचाउ गर्दै दुई शक्तिशाली भूकम्पविरुद्ध पूर्व तयारी गर्नु असम्भव रहेको बताएका छन्। टर्की र उत्तरी सिरियामा गरी...
टर्की र सिरियामा सोमवार गएको भूकम्पमा ज्यान गुमाउनेको सङ्ख्या ९ हजार नाघेको छ। टर्कीको विपद्सम्बन्धी निकायका अनुसार त्यहाँ ज्यान गुमाउनेहरूको सङ्ख्या ६ हजार २३४ रहेको छ। सिरियामा...
सोमवार गएका दुई ठूला भूकम्पपछि दक्षिणी टर्की र उत्तरी सिरियामा मृत्यु हुनेहरूको सङ्ख्या करिब ८ हजार पुगेको छ हालसम्म ७ हजार ८०० जनाको मृत्यु पुष्टि भइसकेको...
टर्कीएको पूर्वी भाग र छिमेकी सिरियामा सोमबार भएको भूकम्पमा परी हालसम्म चार हजार नौ सय ८३ जनाको मृत्यु भएको छ । भग्नावशेषमा परिणत भएका हजारौँ भवनका...
टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प र सयौं परकम्पनका कारण मर्नेको सङ्ख्या चार हजार तीनसय पुगेको छ । विभिन्न मिडियाहरूले बिहानको ९ बजेको स्थानीय समयअनुसार पछिल्लो...