• बिहीबार, २६ माघ, २०७९
  • ०९:३१:२८
  • नेपालीको अभिमत

राजनीति

सुनसरी ४ मा कांग्रेसका कार्कीको अग्रता कायमै

नेपालमत

बुधबार, १४ मङ्सिर, २०७९

सुनसरी- सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राख्नुभएको छ ।

उहाँले हालसम्म तीन सय ८३ मतको अग्रता कायम राख्नुभएको छ । 

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २७ हजार सात सय २० तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले० का उम्मेदवार जगदीश कुसियैतले २७ हजार तीन सय ३७ मत प्राप्त गर्नुभएको छ । 

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved