• बिहीबार, २६ माघ, २०७९
  • ०७:४३:५६
  • नेपालीको अभिमत

समाचार

घाँटी रेटिएको अवस्थामा राउतको शब फेला

नेपालमत

बुधबार, १४ मङ्सिर, २०७९

सप्तरी- सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ ।

उहाँको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी रेटिएको अवस्थामा मङ्गलबार फेला परेको हो । 

हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताउनुभयो ।

बेपत्ता भएपछि राउतको खोजी गरिदिन उनका परिवारका सदस्यले प्रहरीलाई अनुरोध गरेका थिए । 

“तालिमप्राप्त कुकुरको घटनाको अनुसन्धान अघि बढाएका छौँ”, उहाँले भन्नुभयो । 
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved