• बिहीबार, २६ माघ, २०७९
  • ०८:४७:५०
  • नेपालीको अभिमत

राजनीति

धनुषा ३ र ४ मा श्रीमान-श्रीमती नै प्रत्यक्ष निर्वाचित

नेपालमत

मंगलबार, १३ मङ्सिर, २०७९

धनुषा- धनुषाका दुई प्रतिनिधि सभामा प्रत्यक्षतर्फ एमालेका श्रीमान–श्रीमतीलेनै  चुनाव जितेका छन् ।

धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट जुलीकुमारी महतो र धनुषा ४ बाट रघुवीर महासेठ निर्वाचित भएका हुन् । 

महासेठ र महतो श्रीमान–श्रीमती हुन् ।

२०७४ मा महासेठ प्रत्यक्षबाट र जुली समानुपातिक कोटाबाट सांसद बनेका थिए । उनीहरु दुवैजना पालैपालो केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री पनि भएका थिए । 

यसपटक रघुवीर र जुली दुवैले सत्ता गठबन्धनका उम्मेदवारलाई हराउँदै प्रत्यक्ष निर्वाचित भएका हुन् ।

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

मंगलबार, १३ मङ्सिर, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2023 कृष्णसार मल्टिमिडिया. All Rights Reserved