• बुधबार, १४ मङ्सिर, २०७९
  • १३:३२:१०
  • नेपालीको अभिमत

विदेश

अनवर इब्राहिम मलेसियाका नयाँ प्रधानमन्त्री नियुक्त

एजेन्सी

बिहीबार, ८ मङ्सिर, २०७९

मलेसियाका दिग्गज विपक्षी नेता अनवर इब्राहिम नयाँ प्रधानमन्त्री नियुक्त हुनुभएको छ ।

इब्राहिमलाई  प्रधानमन्त्री नेता राजा सुल्तान अब्दुल्लाहले नियुक्त गर्नुभएको हो  । हालै सम्पन्न निर्वाचनमा त्यहाँ कुनै पनि राजनीतिक दलले बहुमत ल्याउन नसक्दा त्रिशंकु संसद बन्न पुगेका छ ।  अनवर र पूर्वप्रधानमन्त्री मुहिद्दीन यासिन दुवैले सरकार गठनका लागि आवश्यक साधारण बहुमत हासिल गर्नुभएको थिएन । 

दरबारले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘मलेसियाका शासकहरूका शाही महामहिमहरूको विचारलाई ध्यानमा राखी राजााले अनवर इब्राहिमलाई मलेसियाको दशौँ प्रधानमन्त्री नियुक्त गर्न स्वीकृति दिएका छन् ।’

शनिबारको निर्वाचनमा सबैभन्दा बढी सिट जितेको श्री अनवरको पाकटन हरपान (पीएच) पार्टीसँग सरकार बनाउनको लागि पर्याप्त सिट छैन र उहाँ कुन पार्टीसँग गठबन्धनमा जानुहुने भन्ने स्पष्ट खुलाइएको छैन ।

७५ वर्षीय वृद्धको नियुक्तिले देशको नेता बन्ने दशकौं लामो उहाँको प्रयास सफल भएको जनाइएको छ ।
 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved