• बुधबार, १४ मङ्सिर, २०७९
  • १२:२३:२७
  • नेपालीको अभिमत

राजनीति

भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी

नेपालमत

बिहीबार, ८ मङ्सिर, २०७९

भक्तपुर- भक्तपुर १ मा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी हुनुभएको छ ।

सुवालले ४२ हजार ७६१ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज गेलालले ११ हजार ९६८ मत प्राप्त गर्नु भएको हो ।

भक्तपुरमा २०४८ सालदेखि यस क्षेत्रमा नेमकिपा निरन्तर विजयी भइरहेको छ ।  

राष्ट्रिय प्रजातन्त्र पार्टीका भरत बहादुर खड्काले नौ हजार ३०३, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका माधव खत्रीले सात हजार १७ मत र नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सुनिल गोठे पाँच हजार २८२ प्राप्त गर्नुभयो ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved