ताजा

  • आइतबार, २९ असार, २०८२
  • १५:०७:५८
  • नेपालीको अभिमत

समाचार

प्रतिनिधि सभातर्फ ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक

नेपालमत

बिहीबार, ८ मङ्सिर, २०७९

काठमाडौं- प्रतिनिधि सभातर्फ १६५ निर्वाचन क्षेत्रमध्ये ६२ निर्वाचन क्षेत्रको मतपरिणाम सार्वजनिक भएको छ  ।

जसमध्ये नेपाली कांग्रेसले २५ स्थानमा जित निकालेको छ । नेकपा एमालेले १४ स्थानमा जित निकालेको गरेको छ । 

माओवादी केन्द्रले ६ स्थानमा जित निकाल्दा राष्ट्रिय स्वतन्त्र पार्टीले ४, एकीकृत समाजवादीले ५ स्थानमा जित निकालेको छ । 

यस्तै राप्रपाले २ स्थानमा जित निकाल्दा जनता समाजवादी पार्टीले १, नागरिक उन्मुक्ति पार्टीले १, लोकतान्त्रिक समाजवादी पार्टीले १ र अन्यले ३ स्थानमा जित निकालेका छन् ।

नेपाली कांग्रेसले ३३ स्थानमा अग्रता कायम गरेको छ  भने नेकपा एमालेले २८ स्थानमा अग्रता बनाएको छ । 

माओवादी केन्द्रले १२,राष्ट्रिय स्वतन्त्र पार्टीले ५, एकीकृत समाजवादीले ५, राप्रपाले ३, जसपाले ४, नाउपा १, लोसपा २ र अन्यले ७ स्थानमा अग्रता बनाएका छन् ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved