उत्तर कोरियाली नेता किम जोङ उनले पहिलो पटक आफ्नी छोरीलाई सार्वजनिक गरेका छन् ।
देशको सबैभन्दा ठूलो ब्यालिस्टिक मिसाइलको प्रक्षेपणको निरीक्षणका क्रममा उनले पहिलो पटक छोरी सार्वजनिक गरेका हुन् । सरकारी सञ्चार माध्यमले सार्वजनिक गरेको तस्बिरमा छोरीलाई सेतो ज्याकेटमा उनको छेउमा उभिएको देख्न सकिन्छ ।
छोरीले बाबुको हात समाएर हतियार सैन्य हार्डवेयर अवलोकन गरेको देख्न सकिन्छ ।
सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार उत्तर कोरियाले शुक्रबार अन्तरमहादेशीय व्यालिस्टिक मिसाइल ह्वासोङ–१७ परीक्षण गरेको थियो । तर, त्यो भन्दा ठूलो आश्चर्य किमसँगै छोरीको उपस्थिति थियो । किमकी छोरीको नाम भने सार्वजनिक गरिएको छैन् ।
'यो पहिलो अवलोकन गरिएको अवसर हो जहाँ हामीले सार्वजनिक कार्यक्रममा किम जोङ उनकी छोरीलाई देखेका छौं, ' अमेरिका स्थित स्टिम्सन सेन्टरका उत्तर कोरिया विशेषज्ञ माइकल म्याडेनले भने, 'यो धेरै महत्त्वपूर्ण छ र यसले किम जोङ उनको पक्षमा एक निश्चित हदसम्म सान्त्वनाको प्रतिनिधित्व गर्दछ ।'
दुई छोरी र एक छोरासहित किमका कम्तीमा तीन सन्तान रहेका विज्ञहरूले बताएका छन् । केही पर्यवेक्षकहरूको विश्वास छ की ती मध्ये एक बच्चालाई सेप्टेम्बरमा राष्ट्रिय बिदाको एउटा उत्सवको भिडियोमा देखिएको थियो ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - भारतको अहमदाबादबाट लन्डन जाँदै गरेको एयर इन्डियाको विमान बिहीबार (जुन १२, २०२५) दिउँसो दुर्घटनामा परेको थियो। यस दुर्घटनामा मृत्यु हुनेको संख्यामा थप बृद्दी...
काठमाडौं - विशेष गरी यो गर्मिको मौसममा दिउँसोको चर्को घाममा अफिस वा बजारबाट फर्किंदा कडा टाउको दुख्ने, चक्कर लाग्ने र अन्योल महसुस हुन सक्छ ।...
के तपाईलाई थाहा छ संसारको सबैभन्दा पुरानो होटल करिब १४०० वर्ष पुरानो हो भन्ने ? विश्वास गर्न सक्नुहुन्न तर यो सत्य हो। विश्वको सबैभन्दा पुरानो...
क्यानडाका एक व्यापारी ब्लेक डिंकिनले एउटा अनौठो कफी आविष्कार गरेका छन्, जसको स्वाद अचम्मको हुन्छ तर यसको बनाउने विधि सुनेर तपाईको मुख भने तितो हुन...
काठमाडौं - सन् २०३५ सम्ममा खाद्यान्नको मूल्य दोब्बर हुने भएको छ। जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गएकाले त्यसको असर कृषी तथा खाधान्नमा प्रत्यक्ष देखिएर कृषि संकट...