डेंगी के हो ?
लामखुट्टेको माध्यमबाट सर्ने एकप्रकारको भाइरस हो । यसलाई चार वटा सेरोटाइपमा वर्गीकरण गरिएको छ । नेपालमा यी चारवटै सेरोटाइप देखिएको छ । विशेषतः यो फैलिने माध्यम भनेको एडिस जातको लामखुट्टेको टोकाइबाट हो । यसलाई शुरूमै नियन्त्रण गर्नतर्फ लाग्नुपर्ने हो । तर त्यसो भएन । यो संक्रमण फ्लेविविरिडे परिवार– डीईएनवी–१, डीईएनवी–२, डीईएनवी–३ र डीईएनवी–४ को भाइरसको कारणले हुन्छ ।
यी चारवटा प्रकारलाई विस्तृतमा बुझाइदिनुहोस् न ?
जसरी हामीले कोभिड–१९ को वेला नयाँ नयाँ भेरियन्टको कुरा गर्थ्यौं । त्यसमा एकपछि अर्को भेरियन्टहरू देखिएका थिए । यस्तै यो पनि एउटै जातका चार प्रकारका लामखुट्टेबाट सर्ने हो । तर, कुन समयमा कुन सेरोटाइपको प्रजाति देखिन्छ भन्ने कुरा परीक्षण अथवा त्यसको विश्लेषण हेर्दा मात्र पत्ता लाग्छ । नेपालमा चार वटै सेरोटाइप रहेको अनुसन्धानले देखाएको छ ।
डेंगी सार्ने लामखुट्टे सामान्यतया दिनमा सक्रिय हुन्छ भनिन्छ । के रातिमा यसले टोक्दैन ? कि टोक्ने सम्भावना कम मात्र हुने हो ?
रातिमा पनि टोक्छ तर सम्भावना कम हुन्छ । बिहान जुन वेला हामी काममा सक्रिय हुन्छौं । अझ भनौं; सूर्य उदय भएको समयमा यो बढी सक्रिय हुन थाल्छ । जुन वेला हामी काम सकेर घरमा फर्कन्छौं, यो लामखुट्टे पनि त्यति सक्रिय हुँदैन । दिउँसोको समयमा बढी सक्रिय हुन्छ ।
डेंगी सार्ने लामखुट्टेको रंग सेतो कालो हुन्छ । मैले यसको नाम जेब्रा लामखुट्टे भन्ने गरेको छु । यो लामखुट्टे दिउँसोमा पर्याप्त मात्रामा देखिन्छ । यसले खुट्टामा बढी टोक्छ ।
डेंगी सार्ने लामखुट्टे र नसार्ने लामखुट्टे हामीले छुट्याउन सकिन्छ ?
सकिन्छ । यसको रंग सेतो कालो हुन्छ । मैले यसको नाम जेब्रा लामखुट्टे भन्ने गरेको छु । यो लामखुट्टे दिउँसोमा पर्याप्त मात्रामा देखिन्छ । यसले खुट्टामा बढी टोक्छ ।
डेंगी लागेर मान्छे कसरी मर्छ ?
मुख्यतया रक्तस्राव बढी हुँदा मृत्यु हुन्छ । दिर्घरोगीदेखि लिएर विभिन्न किसिमका समस्यामा गुज्रेकाहरूलाई संक्रमण भएपछि जटिलता हुन्छ । यो उमेर समूहलाई बढी र यो समूहलाई कम भन्ने हुँदैन ।
रक्तस्राव आन्तरिक हुन्छ कि बाह्य ?
आन्तरिक हुन्छ जुन हामीलाई थाहा हुँदैन । अत्यधिक मात्रामा रगत बग्दा मान्छे बेहोस हुन्छ र समयमा उपचार पाएन भने मृत्यु समेत हुने गर्दछ ।
डेंगी लागेमा के गर्नुपर्छ ?
गर्नुपर्ने भन्दा पनि बुझ्नुपर्ने बढी हुन्छ । बिरामी आफैंले केही गर्न सक्दैन । कतिसम्म भने डाक्टरको पनि सीमितता हुन्छन् । किन भने यसको अहिलेसम्म औषधि पत्ता लागेको छैन । यसको लागि प्रभावकारी हुने भनेको खोप हो । खोपले पनि त्यति सफलता पाएको देखिंदैन । त्यसैले यो वर्षौंदेखि समस्याको रूपमा रही आएको अवस्था हो । यसमा हामीले गर्न सक्ने भनेको वार्मिंङ साइन (चेतावनी संकेत) सम्म दिन सक्छौं ।
डेंगीबाट मुख्यतया रक्तस्राव बढी हुँदा मृत्यु हुन्छ । यो रक्तस्राव आन्तरिक हुन्छ जुन हामीलाई थाहा हुँदैन । अत्यधिक मात्रामा रगत बग्दा मान्छे बेहोस हुन्छ र समयमा उपचार पाएन भने मृत्यु समेत हुने गर्दछ ।
अधिकांश बिरामीले डाक्टरसँगको सरसल्लाहमा घरमै आराम गरेर पनि ८/१० दिनको अवधिमा स्वास्थ्यलाभ गर्न सक्नुहुन्छ । तर, कतिपयलाई यस्तो हुँदैन । अत्यधिक मात्रामा बान्ता हुने, पेट दुख्ने, दिसा पिसाब कालो हुने भएमा भने घरमा बस्ने होइन, अस्पताल जानु पर्छ । यसको पीडा यस्तो हुन्छ कि सहन नसकेर बिरामीले भर्ना गरिदिनुहोस् भन्नुहुन्छ । डेंगी एकदम पीडा दिने रोग हो ।
मेवाको पातको रस खाएमा सञ्चो हुन्छ भन्ने कुरा सत्य हो ?
यो विषयको विज्ञ म होइन । तर, हामीकहाँ मेवाको पात खाएर आउनुभएकाहरूले समस्या लिएर भेट्न आउनुभएको देखेको छु । समस्या के छ भन्दा, उहाँहरूले सामान्यतया पात खाएको कुरा भन्नुहुन्न । यसको मतलब मेवाको पातको फाइदै छैन भन्न खोजेको होइन । भन्न खोजेको के हो भने, यदि त्यो पात डेंगीको लागि साँच्चिकै उपयुक्त हो भने पनि चिकित्सकसँग सल्लाह नलिइकन यसको जथाभावी प्रयोग गर्नु भएन । जथाभावी प्रयोग गर्दा व्यापक जनस्वास्थ्यको समस्या भइरहेको देखिन्छ ।
मेवाको पातले काम गर्ने नै हो भने पनि कसरी खाने, कति खाने भन्ने एउटा मात्रा त पक्कै होला । मेवाको पात पनि थरिथरिका हुन्छन् । तपाईंहरू खानुहुन्छ भने पनि विज्ञको सल्लाह लिएर मात्र खानुहोला । यस बारेमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
यदि मेवाको पातले काम गर्ने नै हो भने पनि कसरी खाने, कति खाने भन्ने एउटा मात्रा त पक्कै होला । मेवाको पात पनि थरिथरिका हुन्छन् । तपाईंहरू खानुहुन्छ भने पनि विज्ञको सल्लाह लिएर मात्र खानुहोला । यस बारेमा सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।
यसको सम्बन्धित निकाय को हो ?
तोकेर त भन्दिनँ । शायद आयुर्वेद विभागको होला । साथै; यो कसले भनेको हो, यसको बारेमा सरकारले खोजी गर्नु पर्छ ।
अब डेंगीबाट कति समयसम्म बच्नुपर्ला ?
यो त भनिहाल्न गाह्रो छ । अब जाडो याम शुरू भएकोले कम हुन्छ कि भन्ने अनुमानसम्म लगाउन सकिन्छ । लामखुट्टे मार्ने अथवा नियन्त्रणका लागि कुनै प्रभावकारी काम भएको देखिंदैन । त्यसैले यसको टोकाइबाट हामी बच्नु पर्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपाल झण्डै चार सय सामुदायिक रेडियोहरूको छाता संस्था हो । चैत्र ८ र ९ गते काठमाडौंमा आयोजना गरिएको संघको १७...
अर्थतन्त्रका सूचकाङ्कहरू सन्तोष मानिहाल्ने अवस्थामा छैनन् । यद्यपि नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको सात महिनाको तथ्याङ्क हेर्दा अर्थतन्त्र लयमा फर्कने अपेक्षा गर्न...
मुलुक सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेशसँगै सर्वोच्च पदको रूपमा रहेको राष्ट्रपतिमा परिपक्व राजनेता रामचन्द्र पौडेल निर्वाचित हुनुभएको छ । १५ जेठ २०६५ मा गणतन्त्र स्थापना भएयता...
काठमाडौं-अहिले नेपाल पुनः राजनीतिक ध्रुवीकरणमा जान लागेको हो कि भन्ने आभाष भएको छ । लामो ऐतिहासिक पृष्ठभूमि भएको नेपालमा विभिन्न कालखण्डमा विभिन्न खाले ध्रुवीकरण हुँदै...
विसं २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्रको उदय भएको भोलिपल्टै राजधानी काठमाडौँबाट पहिलो दैनिक पत्रिका प्रकाशन भयो । देशवासीले प्रजातन्त्र प्राप्त गरेको २४ घन्टाभित्रै निजी...