• बुधबार, १४ मङ्सिर, २०७९
  • १२:४०:२१
  • नेपालीको अभिमत

समाचार

देशभरको मौसम बदली, ६ प्रदेशमा भारी बर्षाको सम्भावना

नेपालमत

मंगलबार, १८ असोज, २०७९

काठमाडौं- हाल प्रदेश १, मधेश प्रदेश तथा बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।प्रदेश १ का थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। 

मंगलबार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश,  गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ

राती देशभर सामान्य बदली रहनेछ । प्रदेश १, मधेश प्रदेश,  बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै  बागमती प्रदेश, गण्डकी प्रदेश  र लुम्बिनी प्रदेशका  थोरै र प्रदेश १, मधेश प्रदेशका एक-दुई  स्थानहरूमा  भारी वर्षाको सम्भावना रहेको छ।  

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाउन आग्रह

    काठमाडौँ- काठमाडौँ उपत्यका विकास प्राधिकरणले सरकारी, पर्ति, ऐलानी तथा खोलाको मापदण्डबमोजिमका जग्गालाई अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना ३५ दिनभित्र हटाउन आग्रह गरेको छ । प्राधिकरणले...

  • नेपालमत

    घाँटी रेटिएको अवस्थामा राउतको शब फेला

    सप्तरी- सोमबार राति बेपत्ता भएका सप्तरीको कञ्चनरुप नगरपालिका–१ बैरवाका ५० वर्षीय सञ्जय राउतको हत्या भएको छ । उहाँको शव घरदेखि डढ सय मिटर उत्तरतर्फको पोखरीमा घाँटी...

  • नेपालमत

    पोखरालाई विश्वसँग जोड्दै विमानस्थल

    काठमाडौं- पर्यटकीय नगरी पोखरा (कास्की)मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुने भएपछि मुलुकको पर्यटन क्षेत्रमा आयाम थपिने पर्यटन व्यवसायीहरुले विश्वास व्यक्त गरेका छन् ।  सञ्चालनमा आउन...

  • नेपालमत

    मेलम्ची आसपासका बासिन्दालाई सतर्क रहन सूचना

    काठमाडौं- मेलम्ची खानेपानी विकास समितिले मेलम्ची नदी किनारका स्थानीयलाई सतर्कता अपनाउन सूचना जारी गरेको छ ।  सोमबार एक सूचना जारी गर्दै समितिले मेलम्चीको पानी पथान्तरणको कार्य...

  • नेपालमत

    बुटवलमा औद्योगिक प्रदर्शनी हुने

    बुटवल- आगामी पुसमा बुटवलमा औद्योगिक प्रदर्शनी हुने भएको छ । रुपन्देही उद्योग सङ्घ बुटवल, नेपाल उद्योग परिसङ्घ र नेपाल उद्योग परिसङ्घ लुम्बिनीको संयुक्त आयोजनामा आगामी पुसको...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved