काठमाडौं - नेपाली कांग्रेसले लामो आन्तरिक झमेला पार गर्दै समानुपातिक उम्मेदवारको अन्तिम सूची निर्वाचन आयोगमा बुझाएको छ। शनिबारदेखि रातभर बैठक बसेर बिहानपख नाम टुंगो लगाउँदै समानुपातिक उम्मेदवारको टुंगो लगाएको हो। तत्कालका लागि कांग्रेस भित्रको रडाको टुंगिएको बताइएको छ ।
कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले दिएको जानकारीअनुसार कांग्रेसले अन्तिम सूची बुझाएको छ। निर्वाचन आयोगले यसअघि बुझाएको सूचीमा भएको त्रुटी संशोधनका लागि आइतबारसम्मको समय दिएको थियो।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा र गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाँणको नाम समानुपातिकको सूचीबाट पछि सारिएको छ। आरजुको आठौं र मञ्जुको नवौं नम्बरमा नाम थियो। समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बसेको कांग्रेस नेताहरुको बैठकले आरजु र मञ्जुको नाम पहिलेको स्थानभन्दा पछि सारेको कांग्रेस स्रोतले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्द सूचीबाट कर्मा छिरिङ शेर्पाको नाम भने हटाइएको छ। संशोधित सूचीमा आफ्नो नाम हटाइएको जानकारी शेर्पा आफैंले सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नु भएको हो ।
मंसिर ४ को निर्वाचनका लागि आयोगले राजनीतिक दलहरूलाई बन्दसूचीमा देखिएको त्रुटी संशोधनका लागि ९ गतेदेखि असोज १६ सम्मको समयावधि दिएको थियो।
बन्दसूचीमा भएका नाम फिर्ता लिन चाहनेले सोमबारसम्म फिर्ता लिन सक्नेछन्।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...