• मंगलबार, १८ असोज, २०७९
  • ०५:१६:४९
  • नेपालीको अभिमत

समाचार

रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

नेपालमत

बिहीबार, ६ असोज, २०७९

रुकुम- रुकुम पूर्वमा बस दुर्घटना हुँदा ४ जनाले ज्यान गुमाएका छन् ।

बिहीबार दिउँसो साढे २ बजे जिल्लाको भूमे गाउँपालिका(३ क्याङ्सी बगरमा बस दुर्घटना भएको हो ।

काठमाडौंदेखि रुकुमकोट आउँदै गरेको ग१ख ९१०९ नम्बरको बस दुर्घटना हुँदा घटनास्थलमै तीनजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश डाँगीले जानकारी दिनुभयो । मृत्यु भएकाको परिचय खुल्न नसकेको डीएसपी डाँगीले बताउनु भयो ।

१७ जना सवार रहेको बस क्याङ्सी बगरस्थित मध्यपहाडी राजमार्गदेखि अन्दाजी एक सय मिटर तल खसेको प्रहरीले जनाएको छ । घटनाको विस्तृत जानकारी आउन बाँकी छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved