• मंगलबार, १८ असोज, २०७९
  • ०५:२१:३७
  • नेपालीको अभिमत

राजनीति

पूर्व आइजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

नेपालमत

बिहीबार, ६ असोज, २०७९

काठमाडौं- नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनाल  एमालेमा प्रवेश गर्नु भएको छ ।

एमाले मुख्यालय च्यासलमा उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउनु भएको हो । 

ओली प्रधानमन्त्री हुँदा खनाल आइजीपी हुनुहुन्थ्यो ।

खनालसँगै अन्य पार्टीका नेताहरु पनि एमाले प्रवेश गरेका छ्न्।

यता काठमाडौं क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने घोषणा गरेका अब्दुस मिया पनि एमाले प्रवेश गर्नु भएको छ  ।

बिहीबार खनालसँगै मियाँ पनि एमाले प्रवेश गर्नुभएको हो  ।


 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved