ताजा

  • बिहीबार, १९ असार, २०८२
  • ११:४६:५४
  • नेपालीको अभिमत

समाचार

नागरिक-सरकार साझेदारीमा सुधार आएको पारस्परिक जवाफदेहिता परियोजनाको भनाई

नेपालमत

बिहीबार, ६ असोज, २०७९

काठमाडौं - जवाफदेहि र समावेशी शासन व्यवस्थाका पक्षमा पैरवी गर्न संचालित पारस्परिक जवाफदेहिता परियोजनाले ३४ जिल्लाका ५७ स्थानीय सरकारमा नागरिक सहभागिता बढाउन र नागरिक संस्था र मिडियाका लागि सवल वातावरण बनाउन सफल भएको बताएको छ । 

संयुक्त राज्य अमेरिकाको अन्तर्राष्ट्रिय विकास नियोग (यूएसएड)को सहयोगमा एफएचआइ ३६० ले विभिन्न नागरिक संस्थाहरु सँगको सहकार्यमा ६ वर्षको सफल कार्यान्वयन पछि वुधबार आयोजित समापन समारोहमा यस्तो जानकारी दिइएको हो ।

संघीय तथा प्रदेश तहमा सार्वजनिक कानुन तथा नीति निर्माणमा नागरिक समाज र मिडियाको नेतृत्वलाई प्राविधिक सहयोग, रेडियो तथा सामाजिक सञ्जाल लगायतका माध्यम मार्फत् नागरिकका चासोका मुद्दामा कार्यक्रम, सहभागितामुलक पद्धतीबाट जवाफदेहिताको खोजी, नागरिक संस्था र मिडिया प्रतिको जनविश्वास, दक्षता र नेतृत्व क्षमता बढाएर जवाफदेहि सरकारका लागि पहल, मानवअधिकार क्षेत्रमा कृयाशील संस्थाको क्षमताविकास र समावेशी सहभागिता सहितको जवाफदेहि सरकारका लागि दक्षतावृद्धि गर्नका लागि ३५ सय बढि गतिविधि परियोजनाले पछिल्ला ६ वर्षमा गरेको परियोजनाका कार्यबाहक चिफ अफ पार्टी टंक अर्यालले बताउनु भयो । 

नागरिकका प्रश्न र विचारहरुका लागि मञ्च प्रदान गर्ने, स्थानीय अधिकारीहरुलाई जवाफदेहि, समावेशी बनाउन र निर्णय प्रकृयामा नागरिक सहभागिता बढाउन पैरवी गर्ने,  स्थानीय स्रोतको परिचालन, नागरिक अधिकारका पक्षमा पैरवी, क्षमता विकास र दिगोपनका पक्षमा परियोजनाले उल्लेख्य योगदान पुर्याएको एफएचआइ ३६० नेपालका कन्ट्री डाइरेक्टर भगवान श्रेष्ठले बताउनु भयो । श्रेष्ठले भन्नुभयो, “हामीले काम गरेका ५७ नगरपालिकाहरूमा नागरिक संलग्नता र सहकार्यात्मक शासनमा शसक्त सुधार देख्यौं । परियोजनाले काम गरेका ६ प्रदेशका ३४ जिल्लामा नागरिकलाई आफ्नो सरकार सँग जोड्ने काम गर्यो ।” 

परियोजना अप्रिल ४, २०१६ देखि सेप्टेम्बर ३०, २०२२ सम्म लागू भएको हो । इक्वल एक्सेस इन्टरनेशनल र इन्टरनेशनल सेन्टर फर नट फर प्रफिट ल को साझेदारीमा यो परियोजनाको नेतृत्व एफएचआइ ३६० ले गरेको थियो । यसमा एक सय बढि नागरिक समाजका संगठन, मिडिया र स्थानीय तथा संघीय सरकार तथा संवैधानिक निकायहरूको समेत साझेदारी थियो । 
    

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved