ताजा

  • शुक्रबार, २७ असार, २०८२
  • ०५:०६:०८
  • नेपालीको अभिमत

समाचार

नेपाल टेलिभिजनले माग्यो १० जना समाचार प्रस्तोता, लिखित परीक्षा दिनु नपर्ने

नेपालमत

बुधबार, ५ असोज, २०७९

काठमाडौं नेपाल टेलिभिजनले नेपाली र अंग्रेजी समाचार प्रस्तोता एवं समाचारमूलक कार्यक्रम प्रस्तोताका लागि दरखास्त माग गरेको छ।

सूचनाअनुसार नेपाली समाचार प्रस्तोता सात र अंग्रेजी समाचार प्रस्तोता तीन गरी १० जना समाचार प्रस्तोता माग गरिएको छ ।

उमेदवारको न्यूनतम शैक्षिक योग्यता कम्तीमा स्नातक वा सोसरह उत्तीर्ण गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । समाचार प्रस्तुतिमा दक्षता र सम्बन्धित भाषामा राम्रो ज्ञान भएका उम्मेदवारलाई प्रथामिकता दिइने नेपाल टेलिभिजनले सूचनामार्फत उल्लेख गरेको छ ।

१० असोजभित्र आवश्यक कागज जागतसहित दरखास्त फारम भरी बुझाउन सकिने छ । यसपटक दरखास्त दिने उम्मेदवारले लिखित परीक्षा दिनु पर्दैन । अन्तर्वार्ताबाटै पत्रकार छानिने भएको छ

दरखास्त फारम नेपाल टेलिभिजनको वेबसाइट www.ntv.org.np बाट डाउनलोड गर्न सकिने छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved