जोर्नी प्रत्यारोपणको उद्देश्य के हो ?
विभिन्न रोग तथा जोर्नी खिइने प्रक्रियाको कारण खराब भएको जोर्नीले गर्दा हुने दुखाइ निर्मूल गर्न र जोर्नीको आकार पुनर्निर्माण (Re alignment) को निमित्त जोर्नी प्रत्यारोपण गरिन्छ ।
जोर्नी खराब हुने बित्तिकै प्रत्यारोपण गर्नुपर्छ ?
जोर्नी प्रत्यारोपण प्रारम्भिक उपचार विधि होइन । औषधि सेवन गर्ने, तौल कम गर्ने, फिजिओथेरापी लगायतका विधिहरूको प्रयोग गर्दागर्दै पनि दुखाइ नियन्त्रण तथा हिंड्डुल गर्न सहजता हुन नसकेको खण्डमा जोर्नी प्रत्यारोपण लाभदायक हुन सक्छ । घुँडाको जोर्नी प्रत्यारोपणपूर्व विस्तृत मूल्याङ्कन (Clinical evaluation) गरिन्छ । X-ray लगायतका जाँचहरूबाट जोर्नी फेर्नुपर्ने अवस्था रहे/नरहेको निर्क्योल गरिन्छ ।
जोर्नी खिइएर चित्रमा देखिए जस्तो अवस्थामा पुगेपछि औषधि खाएर मात्र निको हुँदैन । यस अवस्थामा जोर्नी प्रत्यारोपण (Total joint replacement) गर्नु उपयुक्त हुन्छ ।
जोर्नी प्रत्यारोपण कसलाई आवश्यक पर्दैन ?
भर्खर समस्या शुरू भएको, कम उमेर समूह तथा अन्य उपचार विधिबाट लाभान्वित व्यक्तिलाई प्रत्यारोपण जरुरी हुँदैन ।
जोर्नी प्रत्यारोपण पश्चात् सम्पूर्ण रूपमा ठिक भइन्छ ?
प्रत्यारोपण पश्चात् जोर्नीको दुखाइ अन्त्य हुन्छ । हिंड्डुल गर्न सहज हुन्छ । तर, अन्य जोर्नीको दुखाइ भने यथावत हुन्छ । जोर्नी प्रत्यारोपण गरेर जवान हुन सकिंदैन ।
दौडिन, खेल्न सकिन्छ ?
साइकल, मोटरसाइकल, गाडी चलाउन तथा हिंड्डुल गर्न मज्जाले सकिन्छ । पौडी खेल्न, दौडिन पनि सकिन्छ तर जोर्नीमा धेरै तनाव पर्ने क्रियाकलापले जोर्नीको आयु घट्छ तथा कृत्रिम जोर्नी कमजोर हुन सक्छ । यी कुरा जोर्नी वरपरका माङ्सपेशीको गुणस्तरमा पनि भर पर्छन् । हरेक मानिसको जोर्नी र शरीर फरक हुन्छ । यसकारण शल्यक्रियापूर्व उचित चिकित्सकीय परामर्शको जरुरत हुन्छ ।
प्रत्यारोपणका दुस्परिणाम के के हुन सक्छन् ?
कुनै पनि उपचार पद्धति दुस्परिणामविहीन हुँदैन । घुँडाको जोर्नी फेर्दा पनि घाउ पाक्न सक्ने (Infections), घुँडा कडा हुनसक्ने (Stiffness), रक्तधमनीका समस्याहरू (Deep vein thrombosis), कृत्रिम जोर्नी खुकुलो हुनसक्ने (Implant loosening), कृत्रिम जोर्नी आसपास हड्डी भाँचिन सक्ने (Peri prosthetic fractures) लगायतका समस्या हुन सक्छन् ।
कृत्रिम जोर्नीको गुणस्तर र आफूले गरिने क्रियाकलापले यसको आयु निर्धारण गर्छ । गुणस्तरको जोर्नी प्रयोग गरेर सावधानी अपनाउने हो भने २५ वर्षसम्म लम्ब्याउन सकिन्छ ।
घुँडाको जोर्नी कसरी फेरिन्छ ?
घुँडाको जोर्नी अन्तर्गत दुई हड्डीहरू Tibia र Femur को जोर्नीपट्टिको खराब अंश करिब १० मिलिमिटर काटेर त्यस भागमा स्टिलको कृत्रिम जोर्नी (Implant) प्रत्यारोपण गरिन्छ । अपरेसनपूर्व एनेस्थेसियाको डाक्टर (Anaesthesiologist) ले पूर्ण वा आंशिक रूपमा अपरेसन गर्ने भागलाई बेहोस बनाउनुहुन्छ ।
नेपालमा जोर्नी प्रत्यारोपण कहाँ कहाँ उपलब्ध छ ?
केन्द्रीय अस्पतालहरू र राजधानीका निजी अस्पतालहरूमा यो सेवा उपलब्ध छ । पश्चिम नेपालमा नेपालगञ्जको चार बाहिनी रोडस्थित हेल्थ केयर अस्पताल (HCRC Hospital, 081–538150 ) मा यो सेवा लिन सकिन्छ ।
भरपर्दो प्रत्यारोपणको निमित्त कुन अस्पताल छान्ने ?
सबै अस्पतालमा जोर्नी प्रत्यारोपण सम्भव हुँदैन । तालिम प्राप्त अर्थोपेडिक जोर्नी प्रत्यारोपण विशेषज्ञ, मोडुलर शल्यक्रिया कोठा (Modular operation room with laminar air flow), गुणस्तरीय निर्मलीकरणको व्यवस्था तथा शल्यक्रियापछि ख्याल गरिने (Post operative care) लगायतका सेवालाई ख्याल गरेर मात्र अस्पताल रोज्नु पर्छ ।
खर्च कति लाग्छ ?
जोर्नी प्रत्यारोपण अलि महँगो हुन्छ । यसमा पनि शरीरभित्र राखिने कृत्रिम जोर्नीको गुणस्तरले खर्च निर्धारण गर्छ । भारतीय कृत्रिम जोर्नी र अमेरिकन कृत्रिम जोर्नीको मूल्यमा दोब्बरको फरक छ । सामान्य हिसाबमा दुई लाखदेखि कृत्रिम जोर्नी उपलब्ध हुन्छन् ।
कृत्रिम जोर्नीले बाँकी जीवनभर काम गर्छ ?
कृत्रिम जोर्नीको गुणस्तर र आफूले गरिने क्रियाकलापले यसको आयु निर्धारण गर्छ । गुणस्तरको जोर्नी प्रयोग गरेर सावधानी अपनाउने हो भने २५ वर्षसम्म लम्ब्याउन सकिन्छ ।
सुगर, प्रेसरका बिरामीले पनि जोर्नी फेर्न मिल्छ ?
दीर्घ रोगहरूलाई नियन्त्रणमा ल्याएर सहजै जोर्नी फेर्न सकिन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
तपाइँ बिहान स्वस्थ श्वास फेर्दै आफ्नो विस्ताराबाट उठ्नु हुनेछ र आफैँ बिस्तारा मिलाएर सफा घरबाट ‘मर्निङ वाक’का लागि निस्कनु हुनेछ । बाहिर निस्केपछि तपाइँ सफा भइसकेको...
स्याङ्जा- स्याङ्जाको वालिङस्थित एक विद्यालयमा एक शिक्षकको भरमा तीनवटा कक्षाको पठन पाठन हुँदै आएको छ । वालिङ नगरपालिका–१४ करादीस्थित सौरीखाल्टा माइस्थान आधारभूत विद्यालयमा एक शिक्षक मात्र...
काठमाडौं- पछिल्लो समय मानव बेचबिखन तथा ओसारपसारको जोखिम बढेर गएको छ । मानव बेचबिखनको प्रवृत्ति (ट्रेन्ड) परिवर्तन हुँदा पीडित पक्षले झनै पीडा भोग्नुपर्ने समस्या गहिरिँदै गएको...
काठमाडौं- काठमाडौँ सहरमै आफ्नो प्रेमीले दिएको पीडा र मानसिक यातना सहन नसकेर पुष्पा न्यौपानेले आफ्नो शरीरमा पेट्रोल छर्केर आत्मदाह गरिन् । नुवाकोट घर भई काठमाडौँको बुद्धनगरमा...
कुश्मा- वनको माँझमा एउटा सानो गाउँ छ । त्यही गाउँ छेउमा कक्षा ५ सम्म पढाउने एउटा पुरानो विद्यालय छ । विद्यार्थीको पर्खाइमा विद्यालयका कक्षाकोठाका ढोका सधैँ...