• बिहीबार, १३ बैशाख, २०८१
  • २३:३३:३५
  • नेपालीको अभिमत

व्यक्ति-कथा

‘घरको दुःखले विदेश पठायो, विदेशको दुःखले जिन्दगीभर नबिर्सने पीडा दियो’

राधेश्याम दाहाल

सोमबार, २० भदौ, २०७९

दुःखले विदेश पठायो, विदेशले जिन्दगीभर बिर्सन नसकिने पीडा दिएर फर्कायो । अहिले त्यही दुःखका कारण थप पीडा सहेर बस्नुपरेको छ । सपना देख्नु र पूरा हुनु फरक हो । कसैका सपना पूरा हुन्छन्, कसैका हुँदैनन् त कतिलाई त्यही सपना पूरा गर्न खोज्दा अनेक दुःख आइलाग्छन् । सपना (परिवर्तित नाम)ले पनि सपना पूरा गर्न खोज्दा भोगेका पीडाले आजभोलि सपना देख्नै डर लाग्छ ।

सपनाको घर पश्चिम सल्यान हो । ओमानबाट फर्केको चार वर्ष भयो । तर, अझै आफ्नो घर जानुभएको छैन । धन कमाउन विदेश पुगेकी उहाँ छोरा बोकेर फर्कनुपर्दा गाउँमा जाने हिम्मत आएन । ओमानबाट फर्कंदा काखमा च्यापेर ल्याएको छोरा अहिले ६ वर्षको भयो । यही छोराको रेखदेख गर्दै उहाँ काठमाडौंको एक होटेलमा काम गर्नुहुन्छ । 

सपनाको घरमा पनि तीन जना छोराछोरी छन् । अहिले उनीहरू ठूला भइसके । आफूले जन्माए–हुर्काएका छोराछोरी, घाँस दाउरा गरेको गाउँ, जेठानी देउरानी सबैको याद आउँछ, न्यास्रो लाग्छ । तर, गाउँ जान सक्नुभएको छैन ।

विदेशको सपना

श्रीमान्‌को दिनरातको कुटाइ र छोराछोरीको भविष्यको लागि नौ वर्षअघि सपनालाई एउटै बाटो उपयुक्त लाग्यो– विदेश । गाउँका थुप्रै महिला विदेश गएको सपनालाई थाहा थियो । तर, के–कसरी जाने हो केही पत्तो थिएन । छोराको व्यवहारबाट दिक्काएका सासुसूराले पनि सपनालाई अलग गराए ।

दुई दिनपछि दिल्ली पुग्दा झापाका अरू दुई जना महिला भेटिए । उनीहरू पाँचै जनालाई हिराले समिर खान भन्ने व्यक्तिको जिम्मा लगाइन् । दिल्लीबाट समिरले श्रीलंका पुर्‍याए । २२ दिनसम्म श्रीलंका बस्दा सपनालाई डर लाग्न थाल्यो ।

श्रीमान् साँझ बिहानै रक्सी खाने । तीन जना छोराछोरीलाई साँझ बिहान पेटभरि खुवाउन समेत समस्या भएको सपनाको दुःख गाउँभरिकालाई थाहा थियो । सपनाले सासूसँग विदेश जाने कुरा राख्नुभयो । यस कुरामा सासू पनि सहमत हुनुभयो । तर, कसरी जाने भन्ने कुरा न सपनालाई थाहा थियो न सासूलाई !

२०७४ साउनमा सपना घाँस काट्न जानुभएको थियो, मोबाइलमा घण्टी बज्यो । नचिनेको नम्बर थियो । फोन उठाउनुभयो । ‘हेलो’ भन्नेबित्तिकै उताबाट पुरुषको आवाज आयो, “बहिनी तपाईं विदेश जाने सोचमा हुनुहुन्छ हो ?” सपनाले दायाँबायाँ केही नसोची भन्नुभयो, “हो दाइ । तर, कसरी जाने तपाईंलाई केही थाहा छ ?” त्यसपछि उताबाट जवाफ आयो, “मेरो एउटा साथी काठमाडौंमा छ । उसले आफैं विदेश पुर्‍याइदिन्छ । लौ त्यसो भेए भेटेर कुरा गरौं ।” त्यो मान्छे को हो ? फोन नम्बर कहाँबाट पायो ? विदेश जाने कुरा उसलाई कसरी थाहा भयो ? सपनालाई केही थाहा थिएन ।

सपनाले घर फर्केर सासूलाई फोन वार्तालाप सुनाउनुभयो । घरमा गाई किन्न आएको मान्छेसँग विदेशको कुरा गरेकाले उही हुनसक्ने सासूको अनुमान रह्यो । तर, केटा को हो, कहाँको हो ? कसैलाई थाहा थिएन ।

पछिल्लो दिन अर्को नचिनेको नम्बरबाट फोन आयो । कुरा भएपछि काठमाडौंबाट विदेश पठाइदिने मान्छे भएको थाहा भयो । विदेश पठाइदिने मान्छेले नै फोन गर्न थालेपछि सपना खुशी हुनुभयो ।

विदेशको तयारी

सपनालाई फोन गर्ने सल्यानकै डिल्ली महर थिए । सपनालाई भेट्न उनी घरमै पुगे अनि पासपोर्ट बनाउन सल्लाह दिए । सपना पासपोर्ट बनाउने तयारीमा लाग्नुभयो । तर, पासपोर्ट बनाउन सहज भएन । पासपोर्ट किन चाहियो ? कुन देश जाँदै हुनुुहुन्छ ? कोसँग जानुहुन्छ ? जस्ता प्रश्नको जवाफ दिन उहाँलाई गाह्रो भयो । सपनाले पासपोर्ट बनाउन नसकेपछि डिल्ली आफैं साथमा गए । कोसँग के कुरा मिलाए सपनालाई थाहा भएन, केही दिनपछि पासपोर्ट तयार भयो । पासपोर्ट तयार भएपछि भदौमा डिल्लीसँगै काठमाडौं आउनुभयो ।

डिल्लीले काठमाडौं ल्याएर आफ्नै कोठामा राखे । कोठामा उनकी श्रीमती र छोराछोरी थिए । पाँच दिन काठमाडौं बसेपछि विदेश जाने भन्दै बसपार्क लगे । विदेश जानेहरू हवाइजहाजबाट जान्छन् भन्ने सपनालाई थाहा थियो तर बसपार्क लगेकोमा अचम्म मान्दै सोध्दा ‘भारतबाट जानुपर्ने भएकोले भारतसम्म बसमा जाने’ जवाफ दिए । बसपार्क पुगेपछि अरू दुई जना महिला थपिए ।

सपना (हरू)लाई लिन दिल्लीबाट हिरा नाम गरेकी महिला आएकी थिइन् । उनले आफ्नो घर सुर्खेत बताइन् । उनले नै तीनै जनालाई लिएर गइन् । त्यसपछि कहाँबाट कहाँ पुगियो सपनालाई थाहा भएन ।

नेपालबाट हिंडेको करिब एक महिनापछि सपना बल्ल ओमान पुग्नुभयो । पुग्नेबित्तिकै काम शुरू भयो । खाना पकाउने, लुगा धुने, घरको सरसफाइ गर्नेदेखि लिएर सात जना बालबालिकाको हेरचाह गर्नुपर्ने सपनाको काम थियो ।

“मलाई मेरो गाउँभन्दा अरू केही थाहा थिएन । यो काठमाडौंको बसपार्क हो, अब हामी भारत जाने भनेको सुनेको हो त्यसपछि कुन बाटो गयौं थाहा पाइनँ । पछि नेपालगञ्जबाट रिक्सा चढेर जाँदा रुपडियाको नाका हो भन्ने सुनें अरू थाहा छैन,” सपना भन्नुहुन्छ ।

दुई दिनपछि दिल्ली पुग्दा झापाका अरू दुई जना महिला भेटिए । उनीहरू पाँचै जनालाई हिराले समिर खान भन्ने व्यक्तिको जिम्मा लगाइन् । दिल्लीबाट समिरले श्रीलंका पुर्‍याए । २२ दिनसम्म श्रीलंका बस्दा सपनालाई डर लाग्न थाल्यो । “समूहमा ४०/५० जना महिला थियौं । न एक अर्कासँग कुरा गर्न पाइन्थ्यो न खुलेर हिंड्न नै पाइन्थ्यो । चोर झैं लुकेर बसेको हिंडेको देख्दा शंका त्यतिखेर नै लागेको थियो तर कसलाई भन्ने !” सपनाले ती दिन सम्झनुभयो । 

एक महिनापछि ओमान

नेपालबाट हिंडेको करिब एक महिनापछि सपना बल्ल ओमान पुग्नुभयो । पुग्नेबित्तिकै काम शुरू भयो । खाना पकाउने, लुगा धुने, घरको सरसफाइ गर्नेदेखि लिएर सात जना बालबालिकाको हेरचाह गर्नुपर्ने सपनाको काम थियो । उहाँ भन्नुहुन्छ, “दुःख पाउने निधारलाई जता गए पनि सुख नहुने रहेछ । त्यहाँ काम गर्न साह्रै गाह्रो थियो । भोक लागेको वेला खान नपाउने । निद्रा लाग्दा सुत्न नपाउने । तर, सहनुको विकल्प थिएन ।”

जति दुःख भए पनि सहेरै काम गर्नुभयो । मालिक मालिक्नीले राम्रै व्यवहार गर्थे । त्यसैले, काममा दुःख भए पनि ठिकै थियो । तर, मालिकको भाइको व्यवहार भने राम्रो थिएन । घरमा कोही नभएको वेला आफ्नो कोठामा बोलाउँथ्यो । नजाँदा कुटपिट गर्थ्यो । उसले जे भन्यो त्यही गर्नुगर्थ्यो । आफूमाथि गरेको व्यवहार कसैलाई नभन्नू भनेर हप्काउँथ्यो । सपनाको पेटमा बच्चा बस्यो । सपनाले यो कुरा उसलाई भन्नुभयो तर उल्टै अरूलाई भनेमा मार्ने धम्की दियो । अनि सपनाले न कसैलाई भन्न सक्नुभयो न उसले केही समाधान निकाल्यो । पेटको बच्चा हुर्कंदै गयो । बच्चा बसेको कुरा अरूलाई नभन्न धम्की दिइ नै रह्यो ।

सपनालाई पाँच दिनअघिदेखि नै व्यथा लाग्न थाल्यो । मालिकले के भयो भनेर सोध्दा टाउको दुख्यो, हातखुट्टा दुख्यो भन्नुहुन्थ्यो । पछि मालिकले नै अस्पताल लिएर गए । अस्पताल पुगेपछि प्रसूति गराउने भन्दै अर्को अस्पतालमा लगियो । अपरेशन गरेर बच्चा निकालियो । बच्चा जन्मेपछि मालिकले उहाँलाई अस्पतालमै छोडिदिए । त्यसपछि सपना अलपत्र पर्नुभयो । अस्पतालले प्रहरीलाई खबर गर्‍यो । प्रहरीले सोधपुछ गर्दा सपनाले जवाफ दिन सक्नुभएन । “भाषा नजान्दा धेरै दुःख हुँदो रहेछ । मैले प्रहरीले सोधेको बुझेको भए र उत्तर दिन सकेको भए सबै कुरा भन्थें । तर, के गर्नु न बुझ्न सकियो न बुझाउन सकियो !” सपना दुःख पोख्नुहुन्छ ।

जेलका दिन

सुत्केरी भएको चार दिनमै प्रहरीले पक्राउ गर्‍यो । अस्पतालको बेडबाट जेलभित्रको बास भयो । सुत्केरी अवस्था, एकसरो लुगा, जेलभित्रको चिसो ! ती दिन सम्झँदा सपनालाई अहिले कहाली लाग्छ ।

जेलभित्र सपना जस्ता धेरै महिला थिए । तर, नेपाली भने सपना मात्र हुनुहुन्थ्यो । उहाँले ओमानको जेलमा तीन महिना काट्नुभयो ।

सुत्केरी भएको चार दिनमै प्रहरीले पक्राउ गर्‍यो । अस्पतालको बेडबाट जेलभित्रको बास भयो । सुत्केरी अवस्था, एकसरो लुगा, जेलभित्रको चिसो ! ती सम्झँदा सपनालाई अहिले कहाली लाग्छ ।

“घरको दुःखले विदेश पठायो, विदेशको दुःखले जिन्दगीभर नबिर्सने पीडा दियो,” सपना भन्नुहुन्छ, “एक दिन साँझको चार बजेको थियो । प्रहरीले ‘आज तिम्रो नेपाल जाने टिकट छ, तयारी भएर बस्नू’ भन्यो ।”

टिकट कसले काटिदियो, ‘प्रोसेस’ कसले मिलाइदियो उहाँलाई केही थाहा थिएन । प्रहरीले एयरपोर्टसम्म छोडिदियो । न हातमा पैसा न त लुगाफाटो, साथमा थियो तीन महिने छोरो !

पुसको कठ्यांग्रिँदो चिसो । रातको एक बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनुभयो । तर, कहाँ जाने केही टुङ्गो थिएन । बच्चा काखमा च्याप्दै एयरपोर्टमा रुन थालेपछि ‘पौरखी नेपाल’ले आफ्नो कार्यालयमा ल्यायो । अहिले उहाँ काठमाडौंमै सपनाको घर बनाउँदै हुनुहुन्छ । “पौरखी नेपालमा बसेर सीप सिकें । अहिले काम गर्दैछु । छोरो पनि हुर्कंदैछ । अब मेरो सहारा भनेकै यही हो । दुःख गरेरै भए पनि यसलाई पढाउनुछ, बढाउनुछ,” सपना भन्नुहुन्छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved