काठमाडौँ - नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरू, केन्द्रीय निकाय अनुशासन, निर्वाचन आयोग, लेखा आयोग, केन्द्रीय प्रतिनिधि परिषद्का पदाधिकारीहरुलाई कमिटीमा राखेको छ ।
त्यसैगरी सो कमिटीमा प्रदेश कमिटीका अध्यक्षहरू, जनसंगठनका अध्यक्ष र महासचिव, कन्द्रीय विभागका सचिवहरू, केन्द्रीय निर्वाचन परिचालन कमिटीको सदस्य रहने प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारि दिनुभयो ।
उहाँका अनुसार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ ।
समितिमा उपाध्यक्षहरू अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सदस्य रहेको गुरुङले बताउनुभयो ।
बैठकले आगामी भदौ ७ गते पार्टीको स्थायी कमिटी, ९ गते पोलिब्यूरो, १० र ११ गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - आइएमई ग्रुपको डेढ अर्ब लगानीमा नेपालमै पहिलो पटक अन्तर्राष्ट्रिय गुणस्तरको फाइबर सिमेन्ट बोर्ड उत्पादन गर्ने उद्योग, एभरेष्ट फाइबर सिमेन्ट बोर्ड उद्योग आजदेखि सञ्चालनमा...
काठमाडौं - चालू आर्थिक वर्षको ११ महिनामा १० खर्ब २७ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार २०८२ साल असार ३१ गतेसम्म संकलित राजस्व गत...
काठमाडौँ - नेपाल सरकारले यस वर्ष नेपालबाट भारतीय प्रसारण लाईन हुँदै ४० मेगावाट विद्युत बङ्गलादेश विद्युत निर्यात सुरु गरेको छ । गत वर्ष कात्तिक १८ (जुलाई १५)...
काठमाडौं - नेपाल राष्ट्र बैंकका गभर्नर डाक्टर विश्वनाथ पौडेलले लगानी विस्तार गर्दै थप उद्यम तथा उद्यमीहरूको सृजनामा अघि बढ्न आइएमई समूहलाई आग्रह गर्नु भएको छ। शुक्रवार...
काठमाडौं - ग्लोबल आइएमई बैंकले यती एअरलाइन्ससँगको सहकार्यमा ‘ग्लोबल स्काई क्लब कार्ड स्कीम’ सुभारम्भ गरेको छ । काठमाडौंमा हालै आयोजित एक विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका...