• शुक्रबार, १४ बैशाख, २०८१
  • ०४:०३:३१
  • नेपालीको अभिमत

कारोबार

चुनावी घोषणपत्र तयार गर्न नेकपा एसले बनायो तीन सदस्यीय समिति

नेपालमत

बिहीबार, २६ श्रावण, २०७९

काठमाडौं-  माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ ।

उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश ज्वाला सम्मिलित तीन सदस्यीय चुनावी घोषणा पत्र मस्यौदा समिति गठन गरेको हो । सो समिति गठन भएसँगै नेकपा एस चुनावी घोषणा पत्र तयारीका लागि समिति गठन गर्ने सम्भवत पहिलो पार्टी पनि बनेको छ ।  

बुधवार सम्पन्न सचिवालय बैठकले उम्मेदवार छनौटका लागि आवाश्यक मापदण्ड, बिधि र प्रक्रिया तयार गर्नका लागि महासचिव बेदुराम भुषाललाई जिम्मोवारी तोकेको छ । 

निर्वाचन आयोगमा पार्टी दर्ता गराउनका लागि कार्यालय सचिव गंगालाल तुलाधारलाई जिम्मेवारी तोकिएको नेकपा एसले जानकारी दिएको छ । 

नेपालमत

लेखकका थप सामग्रीका लागि यहाँ क्लिक गर्नुहोस्

बिहीबार, २६ श्रावण, २०७९

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved