काठमाडौँ - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ । मंगलबार दिउँसो उहाँले नयाँ दल घोषणा गर्नुभएको हो ।
पार्टीको सचिवालयमा ८ जना रहने घोषणा गरिएको छ। संयोजकमा गौतम हुनुहुन्छ । सचिवालयमा गौतमसहित डीबी कार्की, ओम शर्मा चालिसे डिल्लीराज भट्टराई, दुर्गा भण्डारी, निमकान्त पाण्डे, भगवती विष्ट र युवराज सफल रहनेछन् ।
यस्तै पार्टीको केन्द्रीय कमिटी ७५ सदस्यीय रहेको छ भने दैनिक पार्टी सञ्चालनका लागि स्थायी कमिटी निर्माण हुनेछ । जसमा १५ जना नबढ्नेगरी सदस्यहरू हुने गौतमले जानकारी दिनुभयो ।
दलमा वामदेवका छोरा हरिसदेव र पत्नी तुल्सा थापा पनि केन्द्रीय समिति सदस्यको रुपमा रहेका छन् ।
गौतमले पार्टी बहुपदीय प्रणालीमा जाने पनि स्पष्ट गरे । तद्नुरुप एक अध्यक्ष, प्रत्येक प्रदेशमा इन्चार्जको जिम्मेवारी बहन गर्नेगरी ७ उपाध्यक्ष, संगठनात्मक संगठनात्मक कामको मुख्य जिम्मेवारी पुरा गर्नेगरी एक महासचिव, एक उपमहासचिव, एक कोषाध्यक्ष र एक सचिव रहने व्यवस्था गरिने गौतमको भनाइ छ ।
पार्टीले सबै कम्युनिस्ट पार्टीलाई एकढिक्का बनाउन लक्ष्य लिएको छ भने त्यसका लागि ३ महिने अभियान सञ्चालन गर्ने उहाँले बताउनुभयो । एकीकरणको भूमिका निर्वाह गर्दासम्म पार्टीका सम्पूर्ण ढाँचा समन्वय समितिका रुपमा रहने गौतमको भनाइ छ ।
गौतमले एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने काँग्रेसले आगामी निर्वाचनमा बहुमत ल्याउन सक्ने बताउनुभएको छ । बहुमत नल्याए पनि काँग्रेस पहिलो शक्ति बन्ने स्पष्ट रहेको उहाँको भनाइ छ ।
‘एकता अथवा कार्यगत एकता कम्युनिस्टहरूले गर्न सकेनन् भने या त नेपाली काँग्रेसले बहुमतै ल्याउँछ गठबन्धनबाट,' उहाँले भन्नुभयो, 'नभएपछि सबैभन्दा ठूलो पार्टीका रुपमा प्रतिनिधिसभा र प्रदेशसभामा स्थापित हुनेछ ।’
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्तारुढ दलहरुबीच सिट बाँडफाँटमा अहिलेको संसदको उपस्थितिलाई मुख्य आधार बनाउने सहमति भएको छ बिहीबार प्रधानमन्त्री...
काठमाडौँ - नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा चुनाव परिचालन कमिटी गठन गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले केन्द्रीय कमिटीका सबै सदस्यहरू, केन्द्रीय निकाय...
काठमाडौँ- नेपाल समाजवादी पार्टीको प्रचार विभाग प्रमुखको जिम्मेवारी विश्वदीप पाण्डले पाउनुभएको छ । बिहीबार काठमाडौँमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले पाण्डेलाई प्रसार तथा प्रकाशन...
काठमाडौं नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराई र माओवादी केन्द्रका नेताहरुबीच भेटबार्ता भएको छ । भट्टराईले बिहीबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड...
काठमाडौं- माधवकुमार नेपाल नेतृत्वको नेकपा एसले संघीय र प्रदेश निर्वाचनका लागि चुनावी घोषणा पत्र मस्यौदा समिति चयन गरेको छ । उपमहासचिव गंगालाल तुलाधार, बिजय पौडेल र प्रकाश...