ताजा

  • मंगलबार, १७ असार, २०८२
  • ०२:३८:२६
  • नेपालीको अभिमत

समाचार

विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित , एक जनाको मृत्यु

नेपालमत

मंगलबार, १४ असार, २०७९

विराटनगर- अविरल वर्षासँगै आएको  बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन्  ।

सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन् ।

विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । 

विराटनगर ८ मा २५ र विराटनगर २ मा २० परिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ   ।

कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।
यस्तै सुन्दरहरैंचा–६ सिसौघारीका ५५ वर्षीय रामबहादुर विकको बाढीले बगाएर मृत्यु भएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved