• शुक्रबार, २७ श्रावण, २०७९
  • १५:४८:३४
  • नेपालीको अभिमत

समाचार

गुणस्तर नम्बर भएको प्रशोधित पानीमात्र पिउन खाद्यविभागको आग्रह

नेपालमत

मंगलबार, १४ असार, २०७९

काठमाडौं- खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जारको गुणस्तर नम्बर भएको तथा बिर्को सिलबन्दी भएको प्रशोधित पिउने पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ । 

पछिल्लो समय काठमाडौँमा उपत्यकामा हैजाका बिरामीको सङ्ख्यामा वृृद्धि हुन थालेपछि विभागले पानीको गुणस्तर हेरेर प्रयोग गर्न आग्रह गरेको हो ।

विभगाले आज एक सूचना जारी गर्दै प्रशोधित पिउने पानी र जारको लेवलमा ‘डिएपटिक्यु’ नम्बर उल्लेख भएको तथा बिर्को सिलबन्दी भएको सुनिश्चित गरेर मात्रै पानीको उपभोग गर्न आग्रह गरेको हो । 

यस्तै, प्रशोधित पिउने पानी उत्पादनसम्बन्धी निर्देशिका २०७४ बमोजिमका प्रावधानलाई पूरा गरेर मात्रै पानीको बिक्रीवितरण गर्न उद्योगीलाई अनुरोध गरिएको छ । कानूनबमोजिम अनुज्ञापत्र लिई नवीकरण नगरी पानी बिक्री वितरण गर्नेलाई कारबाही गर्ने चेतावनी विभागले दिएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    भिरबाट लडेर सैनिकको मृत्यु

    हुम्ला- कर्णाली करिडोर निर्माणका लागि हुम्लाको खार्पुनाथ गाउँपालिका–१ को लालिबगरमा खटिएका एक सैनिकको भिरबाट लडेर मृत्यु भएको छ । नेपाली सेनाको विकास कार्यदलमा कार्यरत सुर्खेत...

  • नेपालमत

    डुबेर ३ जनाको मृत्यु

    काठमाडौं- झापाको शिवसताक्षी नगरपालिका–९ स्थित कन्काई नहरमा पौडी खेल्न गएका दुई बालबालिकाको बिहीबार डुबेर मृत्यु भएको छ ।  शिवसताक्षी–९ आइतबारेकी ११ वर्षीया एञ्जिला सुनदास र सोही ठाउँका...

  • नेपालमत

    मेघ गर्जन र चट्याङ्ग सहित वर्षाको सम्भावना

    काठमाडौं-  हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ। शुक्रबार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि...

  • नेपालमत

    कार्यपालिकाको बैठकमा बालेन र वडा अध्यक्षहरूबीच चर्काचर्की 

    काठमाडौं– काठमाडौँ महानगरपालिकाको बैठकमा वडा अध्यक्षहरू र महानगर प्रमुख बालेन शाहबीच चर्काचर्की भएको छ । बिहीबारको नगर कार्यपालिकाको बैठकमा वडाध्यक्षहरुले मेयर बालेन एक्लै हिँड्न खोजेको, सहकार्य...

  • नेपालमत

    एक लाख २० हजार म्यादी प्रहरी भर्ना गर्न प्रस्ताव

    काठमाडौँ - सरकारले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन आगामी मङ्सिर ४ गते आइतबारका लागि...

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal