झापा- कमल गाउँपालिका–५ स्थित चाँजु खोलामा आएको बाढीले सो क्षेत्र वरपर कटान तीव्र बनाएको छ ।
गएरातिदेखि परेको भारी वर्षासँगै खोलामा आएको बाढीले कटान तीव्र बनाएपछि त्यहाँका आधादर्जन घर उच्च जोखिममा परेको छ ।
वडाध्यक्ष लालबहादुर विष्टका अनुसार खोला आसपासका आधादर्जन घरपरिवारलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आएको छ ।
खोलामा आएको बाढीले त्यहाँ बनाइएको अस्थायी तटबन्ध भत्काएका कारण खोला बस्तीमा छिर्ने खतरा भएको उहाँले बताउनुभयो । कमलका १, २, ५, ६ र ७ वडाका बस्ती डुबान र कटानले जोखिममा परेको गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले बताउनुभयो ।
प्राविधिकसहितको टोलीले तत्काल खोलाको कटान नियन्त्रण र परी आउन सक्ने विपद् व्यवस्थापनको पूर्व तयारीका विषयमा आवश्यक परामर्श गरिरहेको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो ।
यस्तै अबिरल वर्षासँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ ।
मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं। ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।
बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।
सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
टोखा, काठमाडौं - टोखा नगरपालिकामा सामाजिक क्षेत्रमा सेवा गर्ने उद्देश्यका साथ स्थापित समृद्ध नारी मञ्चको दोस्रो साधारण सभा गरिएको छ । 'सबैका लागि समानता समृद्ध नारी मञ्चको प्रतिवद्धता' नाराका...
टोखा, काठमाडौं - टोखाको वडा नम्बर ६ ले सार्वजनिक सुनुवाई गरेको छ । वडाले सम्पादन गरेका विकास योजना र सेवा प्रवाहका बारेमा वडाबासीको गुनासो सम्बोधन गर्न...
काठमाडौं - यस वर्ष यही जेठ १८ गतेदेखि आगामी असोज १४ गतेसम्म मनसुन अवधि रहने भएको छ । जल तथा मौसम विज्ञान विभागका महानिर्देशक कमलराम जोशीका अनुसार...
काठमाडौं - टोखा नगरपालिका वडा नम्बर ६ ले आगामी आर्थिक वर्षका लागि योजना तय गर्न सुझाव संकलन गरिरहेको छ । यसैक्रममा शनिबार वडा कार्यालयमा नीतिगत सुझाव तथा...
काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रिहा नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ। पूर्वडीआइजी छविलाल जोशीसँगै लामिछानेको बन्दी प्रत्यक्षीकरण मुद्दामा सुनुवाइ सकिए पछि सर्वोच्चले रिहाईको...