• शुक्रबार, २७ श्रावण, २०७९
  • १५:००:१५
  • नेपालीको अभिमत

स्वास्थ्य

ललितपुर महानगरभित्र पानीपुरी चटपटे बेच्न नपाइने

नेपालमत

आइतबार, १२ असार, २०७९

काठमाडौं– आज बाट ललितपुर महानगरपालिका भित्र पानीपुरी चटपटे बेच्न नपाइने भएको छ । 

हैजाको जोखिम बढेको भन्दै महानगरले पानीपुरी चटपटे बेच्न रोक लागाएको हो । 

पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ।

यस्तै रेष्टुरेन्ट र होटलमा राखिएको पानीपुरी पनि बेच्न नदिने महानगरले बताएको छ ।

रेष्टुरेन्ट र होटलका हकमा भने पानी शुद्ध प्रयोग गरेको छ कि छैन भनेर हेरेपछि मात्रै विक्री वितरण गर्न दिइने जनाइएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal