• मंगलबार, १४ असार, २०७९
  • १८:२१:०७
  • नेपालीको अभिमत

राजनीति

बागमतीमा आलोपालो मुख्यमन्त्री बनाउने सहमति सार्वजनिक 

नेपालमत

बिहीबार, ९ असार, २०७९

काठमाडौं – बागमती प्रदेशमा नेपाली कांग्रेस र एकीकृत समाजवादीले आधा–आधा समय मुख्यमन्त्री पाउने सहमति सार्वजनिक भएको छ । २०७८ साल कात्तिक ७ गते तीन दलबीच सहमति भएको हो । 

सहमतिमा सत्तागठबन्धनका तर्फबाट मुख्यमन्त्री राजेन्द्र पाण्डे, कांग्रेस बागमती अध्यक्ष इन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रका नेता सालिकराम जमरकट्टेलको हस्ताक्षर छ ।

एकीकृत समाजवादीका तर्फबाट मुख्यमन्त्री बनेका राजेन्द्र पाण्डे सम्झौताअनुसार हट्न तयार नभएपछि कांग्रेसले उक्त सहमति पत्र सार्वजनिक गरेको हो। 
 
दोस्रो आधा अवधि कांग्रेसका बानियाँ मुख्यमन्त्री हुने सहमति थियो।

 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal