काठमाडौं– यो साता एउटा दुर्लभ खगोलीय घटना हेर्ने अवसर पृथ्वीवासीलाई जुरेको छ।
मौसम राम्रो भएमा उत्तरी गोलार्धका अधिकांश स्थानबाट पाँचवटा ग्रह र चन्द्रमा एउटै लहरमा रहेको देखिनेछ।
बुध, शुक्र, चन्द्रमा, मङ्गल, बृहस्पति र शनि बिहानीपख सूर्योदयभन्दा अगाडि एउटा वक्ररेखामा देखा पर्नेछन्।
असार ९ गते बिहीवारदेखि असार १० गते शुक्रवारसम्म तिनको संयोजन दर्शनीय अवस्थामा हुनेछ।
यो संयोजनलाई अद्भुत घटना मानिन्छ। खाली आँखाले नै ग्रहहरूको यो खगोलीय भेला देख्न सकिनेछ।
यसअघि सन् २००४ मा ती ग्रहहरू त्यसरी एकैठाउँ देखा परेका थिए।
दक्षिणी गोलार्धबाट बुध र शुक्र ग्रह बिहानीपख देखा पर्छन्। तिनको बीचमा रोहिणी तारा हुनेछ।
रोहिणी पृथ्वीबाट देखिने १५ वटा चम्किला तारामध्ये एउटा हो। यसको व्यास सूर्यको भन्दा ४४ गुना बढी छ र यो रातो रङ्गको देखिन्छ।
आकाश हेरेर राति अबेरसम्म बस्नुहुन्छ भने सबैभन्दा पहिला तपाईँ शनि देख्नुहुन्छ। शनि मध्यराततिर उदाउँछ।
सूर्योदय हुनुभन्दा केही घण्टाअघि बृहस्पति र त्यसपछि मङ्गल देखा पर्छन्।
सूर्योदय अघि शुक्र उदाउँछ र सूर्योदयसँगै बुध देखा पर्छ।ग्रहहरू एउटै रेखामा बस्नु अर्थपूर्ण भएको ज्योतिषीहरूको मान्यता छ।
ग्रहहरूको यस्तो युतिको सम्बन्ध शक्ति प्रवाहसँग हुन्छ। त्यसले युद्धको अवस्थाबाट शान्ति र सद्भावतिर मानवजातिलाई लैजाने कसैकसैको विश्वास छ।
यसको अर्थ दुष्ट प्रवृत्तिलाई अन्ततः प्रेम, स्वीकार र सहकार्यले विस्थापित गर्न सक्छ।–बिबिसी
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बनियानी- सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा...
काठमाडौं- सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको...
विराटनगर- अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन्...
काठमाडौं- जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले...
झापा- झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटुङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा...