काठमाडौं- काठमाडौं महानगरवासीले साउन १ गतेदेखि फोहोरको वर्गीकरण (कुहिने र नकुहिने छुट्याउनुपर्ने) गर्नुपर्ने भएको छ।
काठमाण्डौ महागरपालिकाको वातावरण तथा कृषि विभागले आज एक सूचना जारी गर्दै नगरवासीलाई साउन १ गतेदेखि कुहिने र नकुहिने फोहोर घर (स्रोत)मै छुट्याउन आग्रह गरेको हो ।
फोहोरको वर्गीकरण नगरी एकैठाउँमा मिसाउनेलाई ५०० रुपैयाँ जरिवाना हुने पनि महानगरले जनाएको छ ।
कुहिने र नकुहिने फोहोर छुट्याउने जिम्मेवारी उत्पादनकर्ताकै भएकोले त्यस्ता फोहोरका लागि बेग्ला–बेग्लै दिन फोहोर संकलन गर्न गाडी पठाइने महानगरले स्पष्ट पारेको छ । स्रोतमै कुहिने र नकुहिने फोहोर नछुट्याए त्यस्ता फोहोर नउठाइने महानगरले जनाएको छ ।
कुहिने र नकुहिने फोहोर एकैठाउँमा राखेमा प्रत्येक पटक ५०० रुपैयाँका दरले जरिवाना हुने सूचनामा उल्लेख छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
बनियानी- सोमबार रातिदेखि आएको अविरल वषाले जिल्लाका नदी तथा खोलामा पानीको बहाव बढ्दा जमिन कटान सुरु भएको छ । कमल गाउँपालिका–५, ६ र ७ नं वडामा...
काठमाडौं- सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ । नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको...
विराटनगर- अविरल वर्षासँगै आएको बाढीका कारण विराटनगर र कटहरीमा १७५ परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्दा १७५ परिवार विस्थापित भएका हुन्...
काठमाडौं- जिल्लामा हैजाको रोकथाम र नियन्त्रणका लागि खानेपानीको अनुगमन गरिने भएको छ । काठमाडौं जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त अधिकारीका अनुसार जार, बोतल, तथा ट्याङ्कर व्यवसायीले...
झापा- झापाको बिर्तामोड नगरपालिकास्थित पूर्णटुङग विर्तासिटी अस्पतालका कर्मचारी मृत फेला परेका छन् । अस्पताल परिसरमै रहेको कर्मचारी निवासमा आज बिहान अस्पतालका कर्मचारी ५१ वर्षीय डिल्लीराम बाँस्कोटा...