भारतमा मनसुनको बाढी र चट्याङमा परी कम्तीमा पनि २६ जनाको मृत्यु भएको छ ।
भारतको उत्तरपूर्वी राज्य आसाममा पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने बाढीमा डुबेर छ जनाको मृत्यु भएको प्रकोप व्यवस्थापन अधिकारीहरूले बताएका छन् ।
पूर्वी राज्य बिहारमा आँधीका कारण चट्याङ लागेर कम्तीमा १७ जनाको मृत्यु भएको स्थानीय प्रकोप व्यवस्थापन मन्त्री रेणु देवीले जानकारी दिनुभयो ।
आसाम लगातार बाढीको चपेटामा परेको छ । राज्यका ३३ जिल्लाका ५ हजार १४० गाउँहरू बढ्दो पानीले डुबेका छन् ।
एक लाखभन्दा बढी गाउँले राहत आश्रयमा शरण लिएका छन् । राज्य पहिलो पटक अप्रिलमा प्रभावित भएको थियो । हाल पुनः बर्षाको कारण आएको बाढीमा परी ४४ जनाको मृत्यु भएको छ ।
छिमेकमा पर्ने मेघालय राज्यमा पहिरो र बगेको खोलाले सडक डुबेपछि गत बिहीबारदेखि कम्तिमा १६ जनाको मृत्यु भएको छ ।मनसुन आँधीले बङ्गलादेशमा विनाशकारी बाढी पनि फैलाएको छ । लाखौं अलपत्र परेका र दर्जनौंको मृत्यु भएको छ ।
सोमबार, बाढीको पानी सिल्हेटको उत्तरपूर्वी जिल्लाबाट बिस्तारै कम हुँदै गइरहेको थियो । यद्यपि लाखौं अझै पनि बेवारिसे भएका जिल्लाका मुख्य प्रशासक मोशर्रफ हुसेनले बताउनु भएको छ ।
आश्रयस्थलहरु प्रभावित मानिसहरूले भरिएका छन् । त्यहाँ खाना र पिउने पानीको ठूलो संकट छ । धेरै घर फर्कन डराउँछन् भने धेरैले बाढीको पानीमा आफ्नो घर गुमाएका छन्,’ उहाँले एएफपीलाई बताउनु भएको छ ।
जमालपुर जिल्लामा, एक आठ वर्षीया बालिकालाई डुबानमा परेको घरको आँगनबाट बगाएको थियो र पछि मृत फेला परेको प्रहरी अधिकारी अमिनुल इस्लामले एएफपीलाई बताउनु भएको छ ।
दक्षिणपूर्वी चटगाउँ पहाडी जिल्लाहरूमा पनि भारी वर्षा जारी रहयो जसले बन्दरगाह सहरमा जलमग्नता र पहिरोको जोखिम बढाएको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
अमेरिकाको टेक्सस राज्यमा एउटा ट्रकमा ४२ जना बढीको शव भेटिएको छ । कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको...
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका प्रहरीले जनाएको छ । उनीहरूको मृत्युको कारण र विवरण...
संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको...
श्रीलङ्काले इन्धनमा कटौती गर्ने भएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो...
अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा फैसला उल्टाइदिएसँगै अमेरिकामा प्रदर्शन चर्केको छ । गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोसिएको भन्दै विभिन्न सहरमा महिला तथा अधिकारवादीहरूले...