भारतको बिहारको राजधानी पटनामा उडिरहेको विमानमा आगलागी भएको छ ।
१८५ यात्री सवार स्पाइस जेटको विमानलाई आइतबार आपतकालीन अवतरण गराइएको छ ।
उडान भरिरहेका बेला विमानको इन्जिनमा आगलागीको जानकारी पाएपछि विमानलाई आपतकालीन अवतरण गराइएको हो ।
पटना डिएमले मिडियालाई दिएको जानकारी अनुसार विमानका सबै यात्री सुरक्षित छन् । उनले विमानको बायाँ पखेटामा आगो लागेको जानकारी दिए ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
अमेरिकाको टेक्सस राज्यमा एउटा ट्रकमा ४२ जना बढीको शव भेटिएको छ । कम्तिमा १६ जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ । ती सबै आप्रवासी भएको अनुमान गरिएको...
दक्षिण अफ्रिकाको दक्षिणी शहर पूर्वी लन्डनमा अवस्थित एक नाइट क्लबमा आइतबार २० जना मृत फेला परेका प्रहरीले जनाएको छ । उनीहरूको मृत्युको कारण र विवरण...
संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको...
श्रीलङ्काले इन्धनमा कटौती गर्ने भएको छ । श्रीलङ्काका लागि आयात भइ आएका डिजेल, पेट्रोल र कच्चा तेल प्राप्त गर्न नसकेपछि उसले देशभित्रै इन्धन कटौती गरेको हो...
अमेरिकी सर्वोच्च अदालतले गर्भपतनसम्बन्धी ५० वर्ष पुरानो एउटा फैसला उल्टाइदिएसँगै अमेरिकामा प्रदर्शन चर्केको छ । गर्भपतनसम्बन्धी महिलालाई प्राप्त संवैधानिक अधिकार खोसिएको भन्दै विभिन्न सहरमा महिला तथा अधिकारवादीहरूले...