• शुक्रबार, १४ बैशाख, २०८१
  • १४:२६:०६
  • नेपालीको अभिमत

अभिमत / अन्तर्वार्ता

अव्यवस्थित शहरीकरण र डोजर संस्कृति परिवर्तन गर्नुछ

नेपालमत

मंगलबार, २४ जेठ, २०७९

काठमाडौंको बुढानीलकण्ठ नगरपालिका सांस्कृतिक सम्पदाको हिसाबले धनी नगर हो । यहाँ देशका चार धाममध्ये एक धाम बुढानीलकण्ठ पर्छ । त्यस्तै; बाघद्वार, विष्णुद्वार, शिवपुरी राष्ट्रिय निकुञ्ज, निकुञ्जभित्र खप्तड स्वामीको समाधिस्थल जस्ता अन्य सम्पदा पनि यहीं छन् । शिवपुरी बाबा जस्ता व्यक्तिहरूले तपस्या गरेको र ज्ञान प्राप्त गरेको यो ठाउँ ज्ञानभूमि, तपोभूमि पनि हो ।

यी नै सांस्कृतिक सम्पदाले भरिपूर्ण यस नगरीमा भर्खरै सम्पन्न स्थानीय तह निर्वाचनबाट अनिता लामा उपमेयरमा निर्वाचित हुनुभएको छ । उपमेयर लामासँग यस सुन्दर नगरीलाई अझ सुन्दर बनाउने योजना के–के छन् त ? लगायतका विषयमा केन्द्रित रहेर नेपालमतकर्मी इन्द्रसरा खड्काले कुराकानी गर्नुभएको छ । उक्त कुराकानीको सारसंक्षेप–

सर्वप्रथम त बधाइ छ उपमेयरज्यू । काम के–कसरी अगाडि बढाउँदै हुनुहुन्छ ?
धन्यवाद । अहिले त हामी नयाँ आउने नीति तथा कार्यक्रमको तयारीमा छौं । नयाँ बजेट निर्माणको क्रममा छौं । भर्खरै वडा वडामा बजेटका सिलिङ पठाएका छौं । वडास्तरको योजना सिलिङ अनुसार पेश गर्न र नगरस्तरका पनि आफूहरूसँग केही भिजन छन् भने पेश गर्न वडाध्यक्षहरूलाई भनेका छौं । यो पटक पनि भौतिक पूर्वाधारका क्षेत्रलाई नै लक्षित गरेका छौं । अरू गर्नुपर्ने धेरै काम छन् । कहाँबाट शुरू गर्ने भन्ने अन्योलता छ ।

निर्वाचित भएलगत्तै यो यो गर्छु भन्ने योजना बनाउनुभएको थियो होला नि ?
यो भन्दा अगाडिका जनप्रतिनिधिबाट राम्रो काम भएका छन् । त्यो काम भनेको ढल, पानी, बाटो, बिजुली आदि हो । यो काम ५० देखि ६० प्रतिशतसम्म भएको छ । उहाँहरूले राम्रो काम गरिदिनुभएकोले पनि यो चुनावमा हामीलाई मतदाताको माझ भोट माग्न जान सजिलो भयो । हाम्रो पालिका लेक साइडमा पर्छ । गाउँ गाउँ पुग्न हिलोमा गडेर जानुपथ्र्यो, जुकाले खान्थ्यो । यो पटक त्यसो भएन, धेरै सजिलो भयो । पूर्वाधार भनेको जनतालाई जोड्ने काम रहेछ । विकासको एउटा देखिने चिज रहेछ भन्ने कुरा सावित गर्‍यो ।

बुढानीलकण्ठको एउटै ढुंगाबाट बनेको सुतिरहेको मूर्तिको कला कहिलेको सभ्यता हो ? कहिलेदेखि त्यहाँ स्थापना भयो ? कुन कलाकारले बनायो ? उति वेलै पुर्खाले दिएको सभ्यतामा आज पनि पूजा आराधना मात्र गरेर बस्ने कि त्यो मूर्तिलाई बजारीकरण गरेर पर्यटकीय स्थल पनि बनाउने ?

पूर्वाधारका धेरै काम भएका छन् हामीले यसलाई नियमित गर्नै पर्छ । त्यसपछि आर्थिक रुपान्तरण, सांस्कृतिक रूपान्तरण र सामाजिक उन्नतिका कामहरू गर्नुपर्नेछ । यसो सुन्दा के होला र भन्ने जस्तो लाग्छ तर हामीले समृद्ध नेपाल, सुखी नेपाली बनाउने भन्ने जुन कुरा छ, त्यसको लागि हाम्रो मूल मियो भनेको नागरिकहरूमा सांस्कृतिक चेतना निर्माण गर्नु हो । नगरपालिकाभित्र भएका स्रोतहरूको पहिचान गरेर रोजगारी सिर्जना गर्ने योजनाका साथ काम शुरू गर्ने छु ।

त्यसका लागि स्रोतहरू के के छन् ?
नामबाटै चिनिन्छ यो पालिका धार्मिक तथा सांस्कृतिक नगर हो । चार धाममध्ये एक धाम बुढानीलकण्ठ पर्छ । तर, यसलाई एउटा धर्मको नामबाट मात्र चिनिने र बुझिने बनाउनु पनि न्याय संगत हुँदैन ।

अर्को कुरा; बुढानीलकण्ठको एउटै ढुंगाबाट बनेको सुतिरहेको मूर्तिको कला कहिलेको सभ्यता हो ? कहिलेदेखि त्यहाँ स्थापना भयो ? कुन कलाकारले बनायो ? उति वेलै पुर्खाले दिएको सभ्यतामा आज पनि पूजा आराधना मात्र गरेर बस्ने कि त्यो मूर्तिलाई बजारीकरण गरेर पर्यटकीय स्थल पनि बनाउने ?

यसको लागि मन्दिर आसपास खुला बनाउने तथा सफा बनाउने र पार्किङको राम्रो व्यवस्थापन गर्न जरुरी देखिन्छ । अहिले भारतबाट बसका बस धार्मिक पर्यटक आइरहेका छन् । पार्किङ नभएर त्यहाँ अस्तव्यस्त छ । मन्दिर वरिपरि बसेर फूल बेच्नेहरूको अवस्था उस्तै सकसपूर्ण छ । मन्दिरभित्र उस्तै पनि अस्तव्यस्त छ । मन्दिर व्यवस्थापन समिति छैन ।

त्यस्तै; यो नगरमा अन्य सांस्कृतिक सम्पदा पनि छन् । बाघद्वार छ । विष्णुद्वार छ । शिवपुरी राष्ट्रिय निकुञ्ज छ । निकुञ्जभित्र खप्तड स्वामीको समाधिस्थल छ । शिवपुरी बाबा जस्ता व्यक्तिहरूले तपस्या गरेको, ज्ञान प्राप्त गरेको यो ठाउँ ज्ञानभूमि, तपोभूमि पनि हो । त्यसैले यस्तो पवित्र भूमिमा एक पटक पाइला टेक्नुपर्छ भन्दै हामीले पर्यटन बजार प्रवद्र्धन गर्न सक्छौं । 

शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधारको क्षेत्र पनि हो । हरियाली र घना जंगल भएको यस क्षेत्रभित्र हामीले ‘साइकिलिङ जोन’ बनाउने भनेर लागिरहेका छौं । यो सँगै पदमार्ग निर्माण गर्नुछ, पार्क निर्माण गर्नुछ ।

शिवपुरी राष्ट्रिय निकुञ्ज जलाधारको क्षेत्र पनि हो । हरियाली र घना जंगल भएको यस क्षेत्रभित्र हामीले ‘साइकिलिङ जोन’ बनाउने भनेर लागिरहेका छौं । यो सँगै पदमार्ग निर्माण गर्नुछ, पार्क निर्माण गर्नुछ ।

बुढानीलकण्ठ मन्दिर आसपासका क्षेत्रमा धेरै गुम्बा र मन्दिरहरू छन् । यसले के देखाउँछ भने; हाम्रा नगरबासीहरू धार्मिक सहिष्णुताको सवालमा साह्रै मिलेर बसेका छन् । प्रत्येक नयाँ वर्षमा बागद्वारदेखि विष्णुद्वारसम्म पैदलयात्रा गर्ने अनि विष्णुद्वारमा स्नान गरेर भोलिपल्ट टोखाको सपन तीर्थ दर्शन गरेर कुण्डमा नुहाएर फर्कियो भने धेरै धामको तीर्थ–यात्रा गरे बराबरको पुण्य प्राप्त हुन्छ भन्ने कथन मैले बच्चा वेलादेखि सुन्दै आएको थिएँ । तर, आजभोलि त्यो बागद्वार, विष्णुद्वार, सपन मेला बन्द छ । अब हामी यो पर्यटकीय जात्रालाई सञ्चालन गर्ने छौं । यो मेला खुलेपछि त्यो भित्रका सानासाना स्थानीय बजारहरू खुल्नेछन् । त्यहाँ नागरिकलाई स्वरोजगारका कामहरू प्राप्त हुन्छन् । बजार खुलेपछि त्यसको आवश्यकताले पूर्वाधारहरू बन्ने भए । पदमार्गहरू बन्लान् ।

शिवपुरी निकुन्ज पानीको मुहान हो तर यही पालिकाको एक भेगमा खानेपानीको निकै समस्या छ । हामी यहाँको पानीको स्रोत भण्डारण गरेर कसरी त्यो ठाउँमा लैजान सक्छौं भन्ने कुराको योजना बनाउँछौं । हामी नगरभित्रकै स्रोतहरू खोजर आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्नका लागि प्रतिबद्ध छौं । आम मानिसलाई यो कुरा पत्याउन गाह्रो पर्नेछ । तर, हामी यो कुरालाई अबको पुस्ताले थाहा पाउने गरेर देखाउन चाहन्छौं ।
समस्या पनि होलान् नि ?

हाम्रो पालिकामा रहेका धेरै सार्वजनिक जग्गा दोहोन भइरहेका छन् । यहाँ एउटा तामाङ बस्ती छ । उसले जिविकाको लागि, छोराछोरी पढाउनको लागि जग्गा सस्तोमा बेच्छ । त्यो जग्गा धनी व्यक्तिले किन्छ । किनिसकेपछि उसले चार तला, सात तलाको रिसोर्ट बनाउँछ । मान्छे जान चाहिं बुढानीलकण्ठ जान्छ तर प्रचार रिसोर्टको गर्छ । त्यो गरिब मान्छे आज जमिनविहीन, लालपूर्जाविहीन स्थितिमा पुगेको छ । पछिल्लो समय हाम्रो पालिकामा धमाधम अव्यवस्थित शहरीकरण भइरहेको छ । जसले गर्दा यहाँका स्थानीयहरूलाई समस्या छ ।

भनेपछि अब यो क्रम रोक्नुहुन्छ ?
यो अव्यवस्थित शहरीकरण रोक्नुपर्छ । डोजर संस्कृति परिवर्तन गर्नुपर्छ । म के चाहन्छु भने; त्यहाँ विकास भइरहँदा, रिसोर्ट, होटल, पर्यटन बजार बनिरहँदा त्यहाँको गरिबको जीवनस्तर पनि त्यही अनुसार उत्थान हुनुपर्‍यो । उसले त्यहाँ रोजगारी पाउने ग्यारेन्टी हुनुपर्‍यो ।

हिजोदेखि त्यो ठाउँको डाँडाकाँडालाई सजाएर, प्रेम गरेर बसेको त्यो मान्छेले माया पाउनु पर्दैन ? यो राज्य व्यवस्था र पालिकाले दिएको सुलभताको उसले उपयोग गर्न पाउनु पर्दैन ? यसकारण मेरो अर्को एजेण्डा भनेको गरिबी विरुद्धको संघर्ष हो । यसको सन्तुलन कसरी गर्ने भन्ने कुरा ठूलो छ । यसका लागि सबै जनप्रतिनिधि र स्थानीयको साथ आवश्यक छ । साथ पाइयो भने हामी बुढानीलकण्ठलाई हेर्न लायक बनाउँछौं । यी सबै काम पाँच वर्षमै त पूरा हुँदैनन् तैपनि यसको दुई भाग मात्र पूरा भयो भने पनि हामी सफल भएको मान्ने छौं ।

महिला तथा बालबालिकाको हकमा के–कस्ता योजना छन् ?
महिला जतिसुकै शिक्षित परिवारमा भए पनि उसले कुनै न कुनै प्रकारको हिंसा तथा दुर्व्यवहार भोग्नुपरेकै हुन्छ । हाम्रो न्यायिक समितिमा आउने मुद्दाहरूले पनि यसको स्वरुप देखाउँछ । यसकारण हामीले महिलाहरूलाई घरगृहस्थी जीवनबाट बाहिर ल्याउनु पर्दछ । मेरो अर्को योजना गृहिणीलाई घर बाहिर ल्याउनु हो । ती गृहिणीमा भएका योग्यता, क्षमता, क्रियाशीलता, सीप र अनुभव के के छन् तिनलाई क्लस्टर बनाएर नगर विकासको काममा लगाउने भन्ने मेरो लक्ष्य ।

महिला जतिसुकै शिक्षित परिवारमा भए पनि उसले कुनै न कुनै प्रकारको हिंसा तथा दुर्व्यवहार भोग्नुपरेकै हुन्छ । हाम्रो न्यायिक समितिमा आउने मुद्दाहरूले पनि यसको स्वरुप देखाउँछ । यसकारण हामीले महिलाहरूलाई घरगृहस्थी जीवनबाट बाहिर ल्याउनु पर्दछ ।

पहिले जस्तो महिलाहरूलाई समूहमा विभाजित गराएर, एक लाख, डेढ लाखको बजेट लगेर, सानो तालिम दिंदै खुशी पार्ने दिन गए अब । अबको बजेट नगरका समग्र महिलाहरूलाई उपयोगी हुने ढंगको हुनुपर्छ । 

अनि बालबालिकाको सवालमा ?
यहाँ शिक्षालाई सुधार गर्नुपर्ने आवश्यकता छ । यो शिक्षाले विभेदको चेतना निर्माण गरिदियो । सामुदायिक र निजी स्कूलले विभेद सिर्जना गरिदियो । यही विभेदकारी शिक्षाको खाडलबाट बेरोजगारको खाडल पनि बढ्यो । असको अन्त्य गर्न शिक्षाको स्तर निर्धारण र सामुदायिक विद्यालयको सुधार गर्न जरुरी छ । त्यस्तै; जम्मा ३०/४० जना विद्यार्थी भएका सामुदायिक विद्यालयहरू मर्ज गर्नुपर्छ । यी नै विषयालाई समेटेर बुढानीलकण्ठ सांस्कृतिक एकेडेमी बनाउने भन्ने मेरो लक्ष्य छ ।

सांस्कृतिक एकेडेमी भनेको के भन्ने कुरा आउला । नेपाल एकेडेमी (नेपाल प्रज्ञा–प्रतिष्ठान) भने जस्तै यो नगरपालिकाभित्र बसोबास गर्ने विद्वानहरू जस्तो शिक्षक, प्राध्यापक, कृषक, स्वास्थ्यकर्मी, साहित्यकार, कलाकारहरूलाई समावेश गराएर बुढानीलकण्ठ एकेडेमीमा निर्माण गर्ने छौं ।

दैनिक काममा उहाँहरू लाग्नुपर्दैन । उहाँहरूसँग भएको ज्ञान र अनुभव नगर विकासमा दिनुहोस् भनेर भन्ने छौं । उहाँहरूले दिएको ज्ञान र अनुभवलाई एकीकृत गरी बृहत् छलफल गरेर कार्यान्वयन गर्ने छौं ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    ज्योतिषीय नजरमा नयाँ वर्ष २०८१

    ज्योतिष दर्शनका आधारमा खगोलीय मण्डललाई  काल्पनिक रूपमा प्रत्येक ३० डिग्री को फरकमा पर्ने गरी १२ भागमा विभाजन गरिएको छ । यसको पूर्ण परिक्रमा ३६० डिग्री...

  • नेपालमत

    नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा

    नेपाली कांग्रेस जनतालाई अधिकार सम्पन्न बनाउने आधुनिक इतिहासका सबै प्रमुख राजनीतिक आन्दोलन र रुपान्तरणको नेतृत्व गरेको मुलुकको प्रमुख दल हो । बीपी कोइराला, सुवर्ण शमशेर,...

  • नेपालमत

    आर्मीले भन्यो खुट्टासुट्टा भाँचिएला नि !

    १९ माघ २०६१ । रेडियोहरूका लागि समाचार र कार्यक्रम उत्पादन गर्ने संस्था ‘कम्युनिकेशन कर्नर’मा काम गर्थें । मेरो ‘डिउटी’ दिउसो दुईदेखि राति दश बजेसम्मको ‘इभिनिङ सिफ्ट’मा...

  • नेपालमत

    'प्राचीन नेपालले इतिहासको नयाँ र शानदार अध्याय लेख्‍नै बाँकी छ'

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो एकवर्षे कार्यकालको उपलब्धिका सारसङ्ग्रह प्रस्तुत गर्दै आगामी दिनमा कार्यशैली परिवर्तनसहित जनतामा आशा जगाउने र परिणाम दिने घोषणा गर्नुभएको छ । प्रधानमन्त्री...

  • नेपालमत

    एफएम रेडियोमा कानुनको घनचक्कर

    नेपालका एफएम रेडियोहरु कानुनी जंजालमा जेरी झैं जेलिएका छन् । ऐन नियमहरुको जालोमा छन् रेडियोहरु । स्थायी सरकार मानिने कर्मचारीतन्त्रको परम्परागत सोँचका कारण यस्तो अवस्था...

© 2024 कृष्णसार मल्टिमिडिया. All Rights Reserved