ताजा

  • आइतबार, २२ असार, २०८२
  • ००:५७:५३
  • नेपालीको अभिमत

समाचार

पृथ्वी राजमार्ग अवरुद्ध

नेपालमत

सोमबार, २ जेठ, २०७९

फाइल फोटो

चितवन- हावाहुरीले रूख र बिजुलीको पोल ढल्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।

इच्छाकामना गाउँपलिका–५ पानीधारस्थित सडकमा रूख ढालेर दुईतर्फी सडक अवरुद्ध भएको हो ।

रूख ढलेको सूचना पाउनासाथ अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सहयोगमा बाटो खुलाउने काम सुरु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । 

ढलेको पोल उठाउन विद्युत् प्राधिकरणको कार्यालयबाट समेत कर्मचारी जाँदै गरेको प्रहरीले जनाएको छ ।

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved