• मंगलबार, १४ असार, २०७९
  • १८:०९:४२
  • नेपालीको अभिमत

राजनीति

मंगलबारबाट संसदको ११औँ अधिवेशन, यस्तो छ सम्भावित कार्यसूची

नेपालमत

सोमबार, २ जेठ, २०७९

काठमाडौं – संघीय संसदको ११औँँ अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९÷०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो । 

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार अपरान्ह ४ बजेका लागि बोलाइएको ११औं अधिवेशनअन्तर्गत प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ ।  नवौं र दशौं अधिवेशन प्रमुख प्रतिपक्षी दल एमालेको अवरोधकाबीच सम्पन्न भएको थियो । 

यो अधिवेशनमा पनि एमाले अवरोध कायमै राख्ने देखिएको छ । यदपि यसबारे एमालेले आधिकारिकरुपमा कुनै निर्णय गरेको छैन । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

© 2022 कृष्णसार मल्टिमिडिया. All Rights Reserved Site by : i-Tech Nepal