काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा बुद्ध जन्मस्थल लुम्बिनी आइपुग्नुभएको छ । उहाँ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएर लुम्बिनी आइपुग्नुभएको हो ।
लुम्बिनीमा बुद्ध पूर्णिमाको कार्यक्रमकै तयारी र पाहुनाको स्वागतका लागि प्रधानमन्त्री देउवा, पर्यटन तथा संस्कृति मन्त्री प्रेम आलेसहितको टोली लुम्बिनी पुगेको हो ।
देउवा आज लुम्बिनी बस्नुहुनेछ भने भोलि बिहान ७ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्न भैरहवा आउने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द परियारले जानकारी दिनुभयो । भोलि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लुम्बिनी आउदै हुनुहन्छ ।
मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भोलि बिहान ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइपुग्दै हुनुहुन्छ । प्रतिनिधिमण्डलमा भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, परराष्ट्र सचिव विनयमोहन क्वात्रा, विदेश मन्त्रालयका सहसचिवद्वय अनिन्दम बाग्ची र अनुराग श्रीवास्तव, प्रधानमन्त्री कार्यालयका सहसचिव रुद्रा गौरव श्रेष्ठलगायत हुनुहुन्छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले एसपीपीमा संलग्नताबारे अमेरिकी दूतावासलाई पठाएको पत्रमा रहेको मितिमा टिपेक्स लगाएर हातले लेखिएको आरोप...
काठमाडौ - नेकपा एमाले कैलालीका अध्यक्ष थापाको पद खोसिएको छ । प्रदेश कमिटी बैठकले रतन थापालाई अध्यक्षबाट हटाउने निर्णय गरेको हो । थापालाई अध्यक्षबाट हटाएर उपाध्यक्ष...
काठमाडौँ - नेकपा एमालेका पूर्वउपाध्यक्ष वामदेव गौतमले नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियान नामको नयाँ राजनीतिक दल घोषणा गर्नुभएको छ । मंगलबार दिउँसो उहाँले नयाँ दल...
काठमाडौं- बामदेव गौतमले नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको छ । गौतमले मंगलबार दिउँसो रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर नयाँ राजनीतिक दल खोलेको घोषणा गर्नुभएको हो...
काठमाडौं– वामदेव गौतम नेतृत्वको नेकपा एकता केन्द्रीय समन्वय समितिमा ७० जना केन्द्रीय समिति सदस्य हुने भएका छन् । जसमा गौतमपत्नी तुलसा थापा र छोरा हरिषदेव गौतम...