काठमाडौं– नेपालमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट देशभर ३ हजार ७८८ नमूनाको परीक्षण हुँदा बुधबार ३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा ३ हजार ७० जनाको पीसीआर र ७१८ जनाको एन्टिजेन परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणको तथ्याङ्कमा एसएमएस र ईमेलबाट प्राप्त नतिजाको विवरण समेत समावेश गरिएको छ।
पीसीआर परीक्षणबाट १८ र एन्टिजेन परीक्षणबाट ३ जनामा संक्रमण पुष्टि मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाको कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त नभएको मन्त्रालयले जानकारी दिएको छ। कोरोना संक्रमणबाट हालसम्म देशभर ११ हजार ९५२ जनाको मृत्यु भएको छ।
देशभर हाल १८९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
आजको व्यस्त जीवन, खानपानको खराब बानी र तनावका कारण पेटसम्बन्धी समस्या सामान्य बन्दै गएको छ । त्यसमध्ये पनि पेट सफा नहुँदा मानिसहरु समस्यामा परेका छन्...
काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रममा आँखा स्वास्थ्यलाई समायोजन गर्ने प्रतिबद्दता जनाएका छन्। आँखा स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्थाहद्वारा आज काठमाडौँमा आयोजित...
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बीमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रम गरी मन्त्री प्रदीप पौडेलले आम नागरिकलाई थप...
काठमाडौँ - सरकारले सञ्चालन गरेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप अभियानमा १४ लाख २८ हजार आठ सय ८९ किशोरीले खोप लगाएका छन् । गत माघ...
काठमाडौं - स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुविरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा...