दाङ - झाडापखालाबाट दाङको तुलसीपुरमा एक बालकको मृत्यु भएको छ भने चार जना बिरामी परेका छन् ।
मृत्यु हुनेमा उपमहानगरपालिका–११ उरहरि निवासी तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल पुन रहेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमर्जेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो । अनमोललाई उपचारका लागि मङ्गलबार अस्पतालमा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो ।
त्यसैगरी ५० वर्षीय वुद्धिराम पुन, ४० वर्षीया गौरी पुन, ५८ वर्षीया कलसिङ पुन र मीना पुन बिरामी भएको र उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको इमर्जेन्सी इन्चार्ज केसीले जानकारी दिनुभयो । उहाँका अनुसार चार बिरामीमध्ये बुद्धिरामको अवस्था गम्भीर रहेको छ ।
बिरामीमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखापरेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएको इन्चार्ज केसीले बताउनुभयो । बिरामी उपचारका लागि ढिला गरी हिजो बेलुका मात्र अस्पतालमा आएको बताइएको छ । गर्मीयाम सुरु भएयता अस्पतालमा झाडापखालाका बिरामी उपचारका लागि आउने क्रम बढेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
काठमाडौँ - उपत्यकाको खानेपानी प्रदूषित भएको कारणले हैजा देखिएको पाइएको छ । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजा रोगबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको...
बाँके- थारु समुदायमा बढी देखिएको सिकलसेल एनिमियाका बिरामी बाँकेमा बढ्दै गएको छ । खासगरी थारु समुदायको बाहुल्य रहेको क्षेत्रमा स्वास्थ्य कार्यालयमार्फत सिकलसेलसँगै थालसेमियाको ‘स्क्रिनिङ’ कार्य सुरु...
काठमाडौं– काठमाडौं उपत्यकामा हैजाका बिरामीको संख्या १० पुगेको छ । नैकाप र पाटनमा थप एक–एक जना हैजाका बिरामी भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । कार्यालय...
काठमाडौं– आज बाट ललितपुर महानगरपालिका भित्र पानीपुरी चटपटे बेच्न नपाइने भएको छ । हैजाको जोखिम बढेको भन्दै महानगरले पानीपुरी चटपटे बेच्न रोक लागाएको हो । पानीपुरीमा प्रयोग...
काठमाडौं–सबैभन्दा कम उमेरमा विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरी विश्व कीर्तिमान कायम गर्नुभएका शम्भु तामाङको स्वास्थ्यअवस्थाका बारेमा राजनीतिक नेतृत्वले चासो लिएको छ । उहाँ यतिबेला क्यान्सर...