झापा– प्रदेश नं १ लगायत तराईका जिल्लामा आदिवासी समुदायले पूरापूर्वकालदेखि नै मनाउँदै आएको सिरुवा पर्व सुरु भएको छ ।
नयाँ वर्षको आगमनसँगै सुरु हुने पर्व विशेषगरी राजवंशी, थारू, गनगाई, ताजपुरिया, माझीलगायतका समुदायले मनाउने गरेका छन् । उनीहरूले वैशाख १ देखि ३ गतेसम्म एकअर्कामा पानी छ्यापेर, हिलो खेलेर र रङ दलेर मनाउने गरेका छन् ।
वैशाख १ गते उनीहरूले एकापसमा भातृत्व र बन्धुत्वको सम्बन्धलाई अझ प्रगाढ बनाउन शुभकामना आदानप्रदान गर्दै जिल्लाका विभिन्न स्थानमा सामूहिकरूपमा पानी छ्यापाछ्याप गरेर मनाएका छन् । उनीहरूले आ–आफ्ना घरमा घाटोसरी थान बनाएर पूजा गर्ने, ग्रामथानमा गएर कूलदेवताको पूजापाठ गर्नेलगायतका कार्यसमेत गरेका छन् ।
यो पर्वमा विवाह गरेर पराई घर पठाइएका छोरी–चेली बोलाएर, देश–विदेशमा रहेका आफन्त एकै स्थानमा भेला भएर मीठा–मीठा परिकार बनाएर खाँदै दुःख, सुख साटेर हर्षोल्लासका साथ मनाउँदै आइएको छ ।
सिरुवा पर्व प्रदेश नं १ का झापा, मोरड र सुनसरीमा विशेषरूपमा मनाइने गरिन्छ । नेपालबाहेक भारतको आसामको कोक्राझार, पश्चिम बङ्गाल, कोचबिहार, पानी ट्याङ्कीलगायतका क्षेत्रमा पनि तीन दिनसम्म यो पर्व हर्षोल्लासका साथ मान्ने गरिन्छ ।
जिल्लाका राजवंशी समुदायका मानिसले गौरादह, खजुरगाछी, शिवगञ्ज, मेचीनगरलगायतका स्थानमा भजनकीर्तन गर्दै तेल दलेको चिल्लो बाँसमाथि चढेर पोको फुकाउने, हिलो दलेर नरिवल खोस्ने, हाँडी फुटाएर पुरस्कार जित्ने प्रतियोगितात्मक खेलकुदलगायतका कार्यक्रम आयोजना गरेका छन् ।
उनीहरूले एकापसमा हिलो दलादल गरेर यो पर्व मनाउँछन् । भगवान् श्रीकृष्णको जन्म भएको खुसीयालीमा राजवंशी समुदायले एकअर्कामा हिलो दलेर यो पर्व मनाउँदै आएको किवंदन्ती छ । खासगरी दधिकाद भनेको दहीको हिलो भने पनि दही नपाएका कारण माटोको हिलो बनाई एकअर्कामा छ्याप्दै रमाउने गर्ने गरेको बताइन्छ ।
भोलि अर्थात् सिरुवा पर्वको अन्तिम दिन रङ सिरुवा पर्दछ । उनीहरूले एकापसमा रङ खल्दै आफ्ना अभिभावकलाई रङ लगाइदिँदै यो पर्वको अन्त्य गर्ने चलन रहेको छ ।
नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।
चितवन- चितवनमा नयाँ प्रजातिको चरा भेटिएको छ। नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका अध्यक्ष वासु बिडारीका अनुसार खैरहनी नगरपालिका–११ पिडहनी क्षेत्रमा धानबारीमा नयाँ प्रजातिको चरा भेटिएको हो। छ...
मुगु जिल्लाको छायानाथ रारा नगरपालिकामा पर्ने स्वर्गको अप्सरा ‘रारा ताल’ पर्यटकीय प्रवर्द्धन र विकासमा छाया परेको आभास पहिलो पटक जाने जो कसैलाई हुन्छ। त्यहाँ पुग्दा...
काठमाडौं - जल पर्यटनमा काम गर्ने र्याफ्टिङ व्यवसायीको छाता संगठन नेपाल एसोसिएसन अफ र्याफ्टिङ एजेन्सिज् (नारा)को अध्यक्षमा पर्यटन व्यवसायी शिव अधिकारी सर्वसम्मत निर्वाचित हुनु भएको छ...
काठमाडौं- प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व आज भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिनुभएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै...
काठमाडौं - निर्वाचनको समयमा पर्यटकको सुविधाका लागि नेपाल पर्यटन बोर्डले सटल बससेवा सञ्चालन गर्ने भएको छ । वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका दिन काठमाडौँमा...