ताजा

  • बुधबार, १ श्रावण, २०८२
  • ०१:५७:५०
  • नेपालीको अभिमत

आहा नेपाल

नयाँ वर्षका अवसरमा इलाममा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने

नेपालमत

मंगलबार, २९ चैत, २०७८

इलाम– नयाँ वर्षका अवसरमा इलाममा तेस्रो ‘सूर्योदय सडक महोत्सव’ हुने भएको छ ।

इलामको फिक्कलमा आगामी वैशाख १ र २ गते महोत्सव हुने भएको हो । 

 सूर्योदय होटल व्यवसायी सङ्घको आयोजना र आयाम युनाइटेड क्लब फिक्कलको आयोजनामा नयाँ वर्षका अवसरमा सडक महोत्सवको आयोजना गरिएको हो । 

सडक महोत्सवले पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ । सूर्योदय नगपालिका प्रदेश नं १ सरकारले पर्यटकीय नगरीका रुपमा घोषणा गरेको छ । 

सडक महोत्सवमा स्थानीय खानाका परिकारसहित ३५ वटा स्टल रहनेछन् । महोत्सवमा विभिन्न ब्यान्डसहितका कलाकारको प्रस्तुति रहने आयोजक सूर्योदय होटल व्यवसायी सङ्घका अध्यक्ष अभिषेक श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार महोत्सवमा नेवारी, राई र लिम्बू जातिका स्थानीय खानाका परिकार पर्यटकलाई चखाइनेछ । एक लाख ५० हजार पर्यटकले अवलोकन गर्ने लक्ष्य लिइएको उक्त महोत्सवमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।

महोत्सव सञ्चालन गर्न रु ३७ लाख खर्च हुने अनुमान गरिएको छ । गोर्खा ब्रुअरी (टुबोर्ग) को मुख्य प्रायोजन, सूर्योदय नगरपालिका र वडा नं १० को सहयोगमा सञ्चालन हुने महोत्सवमा स्थानीय कोसेलीसहितका स्टल रहनेछन् ।

सूर्योदय होटल व्यवसायी सङ्घका सचिव युवराज प्रधानले उक्त महोत्सवले सूर्योदयको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विगतका दुई वर्ष कोरोना महामारीका कारण सञ्चालन हुन नसकेको बताउँदै यस वर्ष महोत्सव हुने हुँदा धेरैमा उत्साह थपिएको छ । सडक महोत्सवले पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्ने आशा लिइएको छ । 

नेपालमतका कुनै पनि सामग्रीबारे तपाईंको गुनासो, सुझाव र थप जानकारी अथवा नयाँ कुनै सूचना भए हामीलाई info.nepalmat@gmail.com मा इमेल पठाउनु होला।

थप समाचार

  • नेपालमत

    नेपालमै पहिलोपटक दोलालघाटदेखि पचुवारघाटसम्म सुरु भयो रिभर ट्यूबिङ

    काठमाडौं - नेपालमा नै पहिलो पटक रिभर ट्यूबिङ्ग सुरु गरिएको छ । काभ्रेको सुनकोशी नदीको दोलालघाटदेखि पचुवारघाट्सम्म विस्तार गरिएको यो सेवा साहसिक पर्यटनका पारखीहरूका लागि...

  • नेपालमत

    आगामी सेप्टेम्बरबाट सगरमाथा यात्रा दस्तुरको शुल्क बढ्ने

    काठमाडौं - नेपाल सरकारले सगरमाथा आरोहणको अनुमति शुल्क बढाएको छ । विदेशीहरूको लागि आरोहण शुल्क ११ हजार अमेरिकन डलरवाट बढाएर १५ हजार डलर पुर्याइएको छ, जो...

  • ‘नेपाल करी सेफ' गर्दै सिद्धार्थ हस्पिटालिटी, विजेतालाई बेलायतको प्रतियोगितामा भाग लिने अवसर

    काठमाडौँ - सिद्धार्थ हस्पिटालिटीले नेपाली खाना प्रबर्द्धन गर्ने उद्देश्यले पाककला प्रतियोगिता ‘नेपाल करि शेफ अफ द इयर २०२४' आयोजना गर्ने भएको छ । विजेताले २०२४ को सेप्टेम्बरमा बेलायतमा हुने ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’मा यातायात र आवाससहित सहभागी हुने अवसर पाउनेछन् । प्रतियोगिता बिश्व प्रसिद्ध शेफ टमी मियाको ‘ग्रेट ब्रिटिस करी फेस्टिवल’सँगको सहकार्यमा आयोजना गर्न लागिएको हो । प्रतियोगितामार्फत नेपाली खानाको महत्व र...

  • नेपालमत

    राराको मुर्माटपमा रिसोर्ट सम्झौता महत्वपूर्ण : प्रधानमन्त्री

    काठमाडौँ - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङसँग एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच रारामा रिसोर्ट निर्माणका निम्ति सम्झौता भएकोमा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्धनका...

  • सात गैँडा डेरा सर्दै !

    चितवन राष्ट्रिय निकुञ्जमा भोलिदेखि गैँडा आन्तरिक स्थानान्तरण गरिने भएको छ। निकुञ्जको पश्चिमी क्षेत्रमा गैँडाको सङ्ख्या बढी भएपछि त्यहाँका केही गैँडा निकुञ्जकै पूर्वी क्षेत्रमा स्थानान्तरण गर्न लागिएको हो। केही वर्षअघि नै गैँडा आन्तरिक स्थानान्तरण गर्न अध्ययन गरिएको भए पनि स्थानान्तरण हुन सकेको थिएन। निकुञ्जका प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनका अनुसार आन्तरिक स्थानान्तरणका लागि सबै तयारी पूरा भइसकेको छ। गैँडा आन्तरिक स्थानान्तरण...

© 2025 कृष्णसार मल्टिमिडिया. All Rights Reserved